सुनछहरी गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम देविमन्दिर मा.बि पोबाङमा उद्घाटन

मालश्री अन्लाइन, चैत १९ ।  सुनछहरी गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम देविमन्दिर माध्यमिक बिधालय सुनछहरी गाउँपालिका -५ पोबाङ रोल्पामा उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष आशबहादुर पुनको सभाअध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन,गाउँ कार्यपालिका सदस्य सन्तु कामी,निर्मला पुन ,सेमकुमारी घर्ती वडा अध्यक्षहरु,आईएन एफ नेपालका कार्यक्रम संयोजक अर्जुन काप्री,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति खिम बहादुर बिष्ट ,नेपाल पत्रकार महासंघ रोल्पाका सहसचिव हर्क घर्ती गाउँपालिका भित्रका माध्यमिक बिधालयका बिधालय व्यवस्थापन समिति अध्यक्षहरु,प्रधानाध्यापकहरु लगाएतको आतिथ्यता रहेको थियो।

 

 

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य बिधालयहरुको तर्फबाट जनता माध्यमिक बिधालय गामका प्रधानाध्यापक बागबिर घर्तीमगर,नेकपा माओवादी केन्द्रको तर्फबाट झपेन्द्र घर्ती ,नेपाली काङ्ग्रेसको तर्फबाट रेगबहादुर पुन,नेकपा एमालेको तर्फबाट मनोज घर्ती,प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन,गाउँपालिका उपाध्यक्ष पबित्रा घर्तीमगर,गाउँपालिका अध्यक्ष आशबहादुर पुनलगाएतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो। भने कार्यक्रममा सुरक्षाकर्मी,पत्रकार राजनैतिक दलका प्रतिनिधि शिक्षक बिद्यार्थीलगाएतको उपस्थिति रहेको थियो।कार्यक्रममा भलिबल छात्र छात्रा प्रतियोगिता,एथलेटिक्स अन्तर्गत ८सय मिटर छात्र छात्रा दौड प्रतियोगिता ,छात्र छात्रा रिले दौड प्रतियोगिता, छात्र छात्रा हाइजाम्प, छात्र छात्रा लङजम्प, छात्र छात्रा त्रिपलजम्प ज्याभलिङ थ्रो, छात्र छात्रा सटफुत प्रतिछात्रालगाएत आयोजना गरिएको गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा संयोजक नारायण गिरीले जानकारी दिनु भयो। कार्यक्रममा गाउँपालिका भित्रका ८ वटा माध्यमिक बिधालयहरुले सहभागी जनाएका छन। उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राबिधिक सहायक शान्ता शर्माले गर्नी भएको थियो भने संचालन बिधालयका प्रधानाध्यापक बिष्णुप्रसाद खनालले गर्नु भएको थियो।

91 total views, 6 views today