पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

मालश्री अन्लाइन, चैत १९ ।  काठमाडौंको कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका दुईजना बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
टौदहस्थित बागमती नदीको किनारमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका दक्षिणकाली नगरपालिका–१ का ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवारको शव बिहीबार फेला परेको हो ।
सशस्त्र प्रहरी बलको निलबाराही गणबाट खटिएको टोलीले उनीहरुको शव पोखरीबाट बाहिर ल्याएको सशस्त्र प्रहरीले जनाएको छ ।

150 total views, 5 views today