गंगादेव गाउँपालिकामा एकीकृत बाल स्वास्थ्य एवम् पोषण कार्यक्रमको २ दिने समिक्षा गोष्ठिको उदघाटन सम्पन्न

मालश्री अन्लाइन, चैत १९ । गंगादेव गाउँपालिका रोल्पामा एकीकृत बाल स्वास्थ्य एवम् पोषण कार्यक्रमको २ दिने समिक्षा गोष्ठिको उदघाटन सम्पन्न भएको छ । स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने गाउपालिका उपाध्यक्ष रिता घर्तिको बिशिष्ट आतिथ्यता रहेकोे थियो । कार्यक्रम गाउपालिका प्रशासन शाखा प्रमुख पुष्पा पनेरु देवकोटा ,गाउँपालिकाका लेखापाल प्रेम खत्री ,रुडास नेपाल रोल्पाका प्रमुख शोभाराम डागी, सुआहारा रोल्पाका कोडिनेटर भरत भट्ट ,गाउपालिका रोल्पाका प्रेस संयोजक अशोक वली परिवर्तन ,स्वास्थ्य चौकी प्रमुखहरु आधारभुत स्वास्थ्य केन्द्रका प्रमुखहरु ,स्वास्थ्यकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

 

 

कार्यक्रका प्रमुख अतिथि गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले स्वास्थ्य क्षेत्र सम्बेदनशिल भएकोले बिरामीलाई औषधि दिने मात्र नभइ परामर्श गरेर मनोबल बढाउने ,सरसफाइ ,पोषण ,खानपिन जस्ता क्रियाकलापलाई निरंतरता दिनु पर्ने बताउनु भएको छ । उहाँले स्वास्थ्य क्षेत्र भाषण भन्दा पनि व्याभारिक क्षेत्र भएकोले सेवा ग्राहिलाई केन्द्र बिन्दुमा राखेर सेवा प्रभाह गर्नु पर्ने बताउनु भएको छ। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तिले २ दिने गोष्ठीमा छलफल गरिने बिषय बस्तुका बारेमा जानकारी दिनु भएको थियो । सु– आहारा रोल्पाका कोडिनेटर भरत प्रसाद भट्टले पोषण कार्यक्रम किन ? भन्ने बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

 

 

बहु क्षेत्रीय पोषण कार्यक्रम सयोजक अनिता घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले सन्चालन गर्नु भएको थियो । रुडास नेपाल रोल्पा,सु– आहारा कार्यक्रमको प्राबिधिक सहयोग र गंगादेव स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त समिक्षा गोष्ठी कार्यक्रममा भोलि स्वास्थ्य चौकी प्रमुखहरु ,आधारभुत स्वास्थ्य केन्द्र प्रमुखहरुको प्रस्तुतीकरण रहेको र सबैको प्रस्तुति पछि गोष्ठीको समिक्षा तथा निष्कर्ष निकालिने स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तिलाइ उदृत गर्दै गाउँपाकिका प्रेस संयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ।

 

139 total views, 3 views today