गंगादेव गाउँपालिका रोल्पामा नियमित प्र.अ बैठक सानडाँडामा सम्पन्न

मालश्री अन्लाइन, चैत २० । गंगादेव गाउँपालिका रोल्पामा नियमित प्र.अ बैठक सानडाँडा रोल्पामा सम्पन्न भएको छ । जेष्ठ प्रधान ध्यापक राम बहादुर खड्काको अध्यक्षतामा भएको बैठकमा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिका उपाध्यक्ष रिता घर्ति, प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्नेतको बिशिष्ट आतिथ्यता रहेको थियो । बैठकमा शिक्षा शाखा प्रमुख शेर बहादुर डागी ,शिक्षा अधिकृत सीता देवि शर्मा, शिक्षा प्राबिधिक साहायक अंग बहादुर वली, गाउँपालिका प्रेस संयोजक अशोक वली परिवर्तन ,३९ वटै बिद्यालयका प्र।अ एवम् प्रतिनिधिहतुको उपस्थिति रहेको थियो । उक्त बैठकले कक्षा १० को टेस्ट परिक्षा मिति २०७८बैशाख १६ गते देखी २४ गत्ते सम्पन्न गर्ने ,१कक्षा देखी ९ कक्षा सम्मको बार्षिक परिक्षा मिति २०७८ बैशाख ३० गते देखि जेठ ७ गते सम्पन्न गर्ने निर्णय गरेको छ।

 

 

कक्षा ८ को परिक्षा दिउँसो ,टेस्ट परिक्षा र १ कक्षा देखि ७ र कक्षा ९ को बिहान ८ बजे देखि सन्चालन गर्ने निर्णय गरेको छ । त्यसै गरि गाउँ शिक्षा शाखाले प्रत्येक विद्यालयमा अभिभावक शिक्षा सन्चालन गरेर शिक्षक अभिभावक ,विद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकका प्रमुख अतिथि गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले संघ सरकारले हजुवाको भरमा बिदा घोषणा गरेता पनि स्थानीय सरकारले गाउपालिकामा वातावरण सामान्य भएकोले विद्यालय सन्चालन गर्ने गरेको निर्णय कार्यान्वयन गरेको प्रती सबै विद्यालयलाइ धन्यवाद दिनु भएको थियो ।

 

उहाले विद्यार्थीको शैक्षिक उपलब्धि मापन गर्ने परिक्षा महत्त्वपूर्ण भएकोले यसलाई मर्यादित र बिस्वस्नियता कायम गर्न निर्देशन दिनु भएको छ । गाउँ शिक्षा शाखा को समन्वयमा भएको बैठकको सन्चालन शिक्षा प्राबिधिक साहायक अंग बहादुर वलीले गर्नु भएको गाउपालिका प्रेस सयोज अशोक वली परिबर्तनले गर्नु भएको थियो ।

152 total views, 3 views today