नेपाल कम्युनिष्ट पार्टी रोल्पाद्धारा सदरमुकाम लिबाङमा सर्वपक्षिय भेटघाट तथा अन्तक्रिया सम्पन्न

मालश्री अन्लाइन, चैत २१ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले सदरमुकाम लिबाङमा सर्र्वपक्षिय भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आप्नो पार्टीलाई लगाइएको प्रतिबन्द फुकुवा गरेपछि पहिलो पटक जिल्ला स्थित बिभिन्न राजनैतिक दल र पत्रकारहरु सगं यस्तो प्रकारको अन्तरक्रिया कार्यक्रम गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जानकारी दिएको छ । आप्नो पार्टीको अबको रणनिति र बिभिन्न पार्टी र सन्चारकर्मिको सल्लाह सुझाब एवं प्रतिक्रिया बुझ्नको लागि यस्तो प्रकारको कार्यक्रम गरेको बताइएको छ ।

 

 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका इन्चार्ज दिनेश बिक्रम चन्द, पार्टीका चितवन जिल्ला इन्चार्ज सन्तोष सुबेदी, नेपाली काँग्रेस रोल्पाका कोषा अध्यक्ष खटक बहादुर खत्री तोराबोरा एकिकृत नेकपा माओवादीका सह इनचार्ज ओलविर घर्ति, राजमो रोल्पाका सल्लाकार केवि थापा, पत्रकार महासंघ रोल्पाका सस्थांपक अध्यक्ष कासिराम डागि, पुर्ब अध्यक्ष खेम बहादुर बुढा मगर, बर्तमान अध्यक्ष महेश न्यौपाने, नेपाल बार रोल्पाका सचिब दामोदर प्रसाद सुबेदि, लगाएत जिल्ला स्थित बिभिन्न सन्चार माध्यामका सन्चारकर्मि हरुको सहभागिता रहको थियो भने कार्यक्रमको सहजिकरण नेपाल कमिन्युस्ट पाटि रोल्पाका सेक्रेटरी सोभाराम राणाले गर्नु भएको थियो ।

 

 

 

 

128 total views, 2 views today