राप्ती साहित्य परिषद रोल्पाको अध्यक्षमा पुःन उपाध्याय चयन

मालश्री अन्लाइन, चैत २२ । राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाको १३ औं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न रोल्पाको लिबाङमा भएकोछ । राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाकी अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामम सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा नगरपालीकाका नगर प्रमुख पुर्ण केसी रहनु भएको थियो भने विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना रहनु भएको थियो ।

कार्यक्रममा नेपाली कंग्रेस रोल्पाका उपसभापति किशोर आचार्य, नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ती, बटुक दल गणका मेजर बुद्धि घलान, ससत्र प्रहरी बल रोल्पाका प्रमुख होमनाथ भट्टराई ,समाजसेवी, साहित्यकार कृष्ण बहादुर घर्ती, राप्ती साहित्य परिषद रोल्पाका संस्थपक अध्यक्ष डिबि टुहुरो, ललित सहित्य परिषद रोल्पाका उपाध्यक्ष नवीन लोचन मगर, प्रगतिशिल लेखक संघका अध्यक्ष अम्बर जि. एम, नेपाल मुक्त प्रतिस्ठान रोल्पाका अध्यक्ष देवी गुरुङ, पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने लगायत जिल्ला स्थित साहित्यकार, पत्रकार हरुको उपस्थित रहेको थियो । कार्यक्रमले कविता उपाध्यएको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोछ । जस्को अध्यक्षमा कविता उपाध्यय, उपाध्यक्षमा भानुभक्त अन्यासी, सचीवमा तिलक संघर्ष मगर, रहनु भएको छ भने सह–सचीवमा सुभद्रा गिरि, कोषाध्यक्षमा दिलकुमारी बुढामगर रहनु भएको हो । त्यस्तै सदस्यहरु राजकुमार पुन र सुनिता सुनार रहनुभएकोछ । कार्यक्रममा अध्यक्ष कविता उपाध्ययले परिषदको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन तिलक संघर्ष मगरले पेश गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन तिलक संघर्ष मगरले गर्नुभएको थियो ।

 

323 total views, 2 views today