निबर्तमान उपाध्यक्ष वली कारवाहिमा

मालश्री अन्लाइन, चैत २४ । नेपाल प्रेस युनियन रोल्पाका निवर्तमान उपाध्यक्ष माधवकुमार वली लाइ कारवाहिको लागी सिफारिस गरिएको छ । चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन केन्द्रीय समिति र प्रदेश समितिको निर्देशन अनुरुप नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले प्रेस सेन्टर रोल्पासंग गठबन्धन गरी निर्वाचनमा भाग लिने निर्णय गरेको सर्वविदितै थाहा हुदा हुदै पनी निर्वाचनको प्रकृयाको क्रममा नेपाल प्रेस युनियन रोल्पाका निवर्तमान उपाध्यक्ष माधवकुमार वलीले नेपाल प्रेस युनियनको निर्णयलाई लत्याई संगठनको हित विपरित हुने गरी प्रेस चौतारी नेपाल लगायत अन्य संगठनहरुको नेतृत्व गरी अध्यक्ष पदमा उम्मेदवारी दिएको भन्दै नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले कारवाहिको माग गरेको हो ।

प्रेस युनियनका निवर्तमान उपाध्यक्ष वलीलले चैत्र २१ गतेका दिन नेपाल पत्रकार महासंघ रोल्पाको चैत्र २५ गते हुने निर्वाचनमा प्रेस युनियनको नेतृत्वमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन नेपाल, र प्रगतिशील पत्रकार संघ नेपालको सहकार्यमा सहभागिता जनाउने भनी नेपाल प्रेस युनियन रोल्पाको पूर्व उपाध्यक्षको हैसियतमा हस्ताक्षर गरी संगठनको निर्णय विपरित भ्रम सिर्जना गरेको समेत जनाइएको छ ।

साथै उहाले यसअघि पनि पटक पटक संगठनलाई फुटाउने, भाँडभैलो गर्ने संगठनको निर्णय विपरित काम गर्ने, संगठनको गोपनियता बाहिर लैजाने, सांगठनिक नेतृत्वलाई नमान्ने जस्ता काम गरेकोले वली लाई प्रेस युनियनको साधारण सदस्य समेत नरहने गरी कारबाहिको माग गरिएको नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द द्धारा हस्ताक्षेरीत पत्रमा उल्लेख गरिएको छ ।

 

 

358 total views, 4 views today