सहकारीको COPOMIS सप्ट्वयर सञ्चालन सम्बन्धि क्षमता अभिवृद्धि तालीम सुनछहरी गाउँपालिमा सम्पन्न

मालश्री अन्लाइन, चैत २४ । सहकारी ऐन नियम र सहकारीको COPOMIS सप्ट्वयर सञ्चालन सम्बन्धि क्षमता अभिवृद्धि तालीम रोल्पाको सुनछहरी गाउँपालिमा सम्पन्न भएको छ । गाउँपालिका सहकारी संस्थाहरुलाई व्यवस्थित र उनिहरुको क्षमता अभिवृद्धि गर्न तथा आफ्नो काम कर्तव्य र अधिकारहरु प्रति सचेत गराउन कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनु भयो ।

कार्यक्रममा सहकारीको अर्थ, सिद्धान्त, अवधारणा, बिकासक्रम र ऐन नियम लगाएतका विषय बस्तुहरुमा रोल्पा जिल्ला सहकारी संघका पुर्व कर्मचारी झक्कुप्रसाद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर पुन, अधिकृत छैठौं रमेश गिरी, बलराम पौडेलले सहजीकरण गर्नु भएको हो । कार्यक्रममा सहकारीको COPOMIS सप्टवयरको बारेमा गाउँपालिका सूचना अधिकृत गुमान सिङ बिष्टले प्रशिक्षण गर्नु भएको हो । दुई दिन सम्म चलेको तालिममा वडा अध्यक्षहरु र सुनछहरी गाउँपालिका अन्तर्गतका १० वटा सहकारी संस्थाको संचालक समितिका अध्यक्ष, सचिव तथा कर्मचारीहरु सहित ३२ जनाको सहभागी रहेको त्यहा बाट जुनिस कुमार विष्टले जानकारी दिनु भएको छ ।

193 total views, 6 views today