प्यूठानमा आगोलागीमा परेर दुई बच्चाको मृत्यू

मालश्री अन्लाइन, चैत २५ । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई जना बच्चाको मृत्यू भएको छ । बुधबार विहान करीव ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा ७ हिमाल राना र ३ बर्षीया चन्द्रकला रानाको ज्यान गएको स्थानीय बिशोर रानाले जानकारी दिनुभयो । घरमा अभिभावक नभएको बेला आगलागी भएको रानाले बताउनुभयो । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल जादैँ गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभएको छ ।

140 total views, 5 views today