युवा किशोर किशोरीहरुलाई यौन तथा प्रजन्न स्वास्थ्य अधिकार सम्बन्धी तिन दिने तालिम सम्पन्न

मालश्री अन्लाइन, चैत २६ ।  यौन तथा प्रजनन स्वास्थ्य सुरक्षीत गर्भपतन परियोजना अन्तर्गत युवा तथा किशोर किशोरिहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि तिन दिने तालिम तथा क्षमता अभिबृधि अभिमुखिकरण कार्यक्रम रोल्पा नगरपालिकामा सम्पन्न भएको छ । आइपास नेपालको आर्थिक सहयोगमा दिगो बिकासका लागि जनसहभागिता नेपाल पास नेपाल रोल्पा द्धारा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

कार्यक्रमको सहजिकरण लुम्बिनि प्रादेशिक अस्पतालकि माधुरि ज्ञावाली, आइपास नेपालका रामचन्द्र खनाल, पास नेपाल रोल्पाका साएब आलम स्वास्थ्इ कार्यलयका कुमार थापाले गर्नु भएको थियो ।

 

कार्यक्रममा थबाङ गाउ पालिका, रुन्टिगडि गाउँपालिका, लुङग्री गाउँपालिका, माडी गाउँपालिकाका युवा तथा किशोर किशोरिहरुको सहभागिता रहेको थियो । ४ वटा गाउँपालिकासगं समन्वय गरि कार्यक्रम गरिएको हो । कार्यक्रमको सन्चालन पास नेपाल रोल्पाका दिल कुमारि बुढाले गर्नुभएको थियो ।

 

 

163 total views, 5 views today