साझा प्रयास समूह’ सुलिचौरद्धारा अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य समाग्री सहयोग

मालश्री अन्लाइन, २७ जेष्ठ । परिवर्तनका लागि साझा प्रयास समूह’ सुलिचौरले अक्सिजन कन्सन्ट्रेटर लगाएत अन्य स्वास्थ्य समाग्री सहयोग गरेको छ । वोधिसत्वा बिहारको सहयोग र साझा प्रयास समुहको समन्वयमा ४ वटा अक्सिजन कन्सन्ट्रेटर लगाएत अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरू सुनिलस्मृति गाउँपालीका वडा नं. ४, लुग्री गाउँपालीका र सुनछहरी गाउँपालीका लाई हस्तान्तरण गरेको परिवर्तनका लागी साझा प्रयास सामुहका सदस्य बालकृष्ण सुवेदिले जानकारी दिनुभएको छ ।

 

साझा प्रयास समूहका सदस्य फत्ते प्रचण्ड घर्तिमगर, नीरज घर्तिमगर र ठगेन्द्र प्रसाद के सी लगाएतले दाङ्गको लमहीमा बुझि उक्त स्वास्थ्य समाग्री सुलीचौरमा पुर्याउनु भएको हो । उक्त कन्सन्ट्रेटरहरू मध्य २ वटा कन्सन्ट्रेटर, अक्सिमिटर, ग्लुकोमिटर, स्प्रे ट्याङ्की, थर्मल गन, पिपिइ सेट, मास्क, स्यानिटाईजर, औषधी लगायत अन्य स्वास्थ्य सामग्रीहरू सुलिचौर स्वास्थ्य केन्द्रका अध्यक्ष गञ्ज बहादुर महरा र स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल टुंई टुंई लाई विहिबार एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो ।

 

बाँकी १–१ वटा अक्सिजन कन्सन्ट्रेटर,स्प्रे ट्याङ्की, थर्मल गन, अक्सिमिटर, पिपिइ सेट, औषधी लगायत अन्य स्वास्थ्य सामग्रीहरू लुङग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का र सुनछहरी गाउँपालिका अध्यक्ष आश बहादुर पुन लाई हस्तान्तरण गरेको साझा प्रयास समुहले जनाएको छ । आपत विपतमा केहि गर्ने उदेश्यले गठन गरिएको परिवर्तणका लागी प्रयास समुहले निरन्तर स्वास्थ्य समाग्री सहयोग गर्दै आइरहेको छ ।

 

311 total views, 1 views today