घोडागाँउ को धारवाङ थुम्पाखी धरमपानी कृषि सडक मर्मतको कार्यमा विवाद उत्पन्न

मालश्री अन्लाइन, ३ आषाढ । सुनिलस्मृति गाउपालीका १ घोडागाउ को धारवाङ थुम्पाखी धरमपानी कृषि सडक मर्मतको कार्यमा वडा अध्यक्षले रोक लगाएको स्थानियहरुले आरोप लगाएका छन । सुनिलस्मृति गाउँपालीकाको आर्थिक वर्ष २०७७–७८ को गाउँपालीका बाट छुटिएको रु ५ लाखको काममा वडा अध्यक्ष द्वार मर्मत गर्नमा रोक लगाएको स्थानियहरुले बताएका हुन । सुनिलस्मृति गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केशवलाल कवरले उक्त बजेट वडालाई जानकारी नदिइ समिती गठन गरेकाले सम्झौता सिफारिस नदिएको स्थानियहरुले बताएको छन । वडा अध्यक्ष कवरले भने आफु विकाश विरोधी नभएको तर काम गर्दा निती, विधिमा रहेर काम गर्नु पर्ने मान्यतामा आफु रहेको बताउनु भएको छ । कलस्टर सदस्य संग छलफल नगरि मर्मत योजना सम्पन्न गर्नका लागि समिती गठन गरेकाले आफुले सिफारिस नदिएको उहाले बताउनु भएको छ ।

वडा सदस्य वा स्वयम वडा अध्यक्षलाई बोलाएर सोही समिती भए पनि एक पटक छलफल गरेमा सिफरिस दिने समेत उहाले बताउनु भएको छ । स्थानियहरुले भने वडा अध्यक्षले सिफारिस नदिएको प्रति दुखेसो पोखेका छन। उक्त योजनामा सडक ग्राभेल साथै जालीहरु लगाउने कार्य गर्नुपर्ने निर्माण उपभोत्ता समितीका अध्यक्ष धनबहादुर भण्डारीले जानकारी दिनु भएको छ । स्थानियहरुले वडा अध्यक्ष कार्यालयमा नजाने गरेको आरोप समेत लगाएका छन । वडा कार्यालयमा हुने हरेक खालका काममा हस्ताक्षेर गर्न वडा अध्यक्षको घरमा जानु पर्ने बाध्यता रहेको समेत स्थानियको भनाई छ ।

वडा अध्यक्ष कवरले भने आफु विरामी परेको समयमा वा अन्य काममा ब्यस्त भएको बेला बाहेक सधै कार्यालयमा गएको प्रतिकृया दिनु भएको छ । जनताको काममा लागि कार्यालयमा जानु आफ्नो कर्तब्य भएकाले आफु आफ्नो कर्तब्य नभुलेको उहाको भनाई छ । सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज प्राधेले भने यसरी गाउँको विकाशमा नागरिकहरु विचमा विबाद हुनु राम्रो नभएकाले मिलेर सहमति र सहकार्यमा काम गर्न आग्रह गर्नु भएको छ । गाउँपालिकाको मर्मत संभार कोष बाट सडक मर्मतका लागि पारिएको योजनामा स्थानियहरुको विवाद मिल्न नसकेमा ठेक्का प्रकृयामा जाने समेत उहाले बताउनु भयो । कानुन त निमार्ण उपभोत्ता समिती गठन गर्दा छलफलमा उपस्थित जेष्ठ नागरिक वा जनप्रतिनिधीको रोहबरमा समिती गठन गर्नु पर्ने कुरा उल्लेख गरिएको छ । बर्षा याममा काम गर्न कठिन हुने भएकाले पनि उक्त योजनालाई वर्षा सकिए पछि स्थानियहरुको आवश्यकता हेरेर सहमति भए उपभोत्ता समिती मार्फत सहमति हुन नसकेको खण्डमा ठेक्का मार्फत योजना सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ ।

 

586 total views, 1 views today