रोल्पा नगरपालिकाको नवौं नगरसभा सम्पन्न

मालश्री अन्लाइन,१० आषाढ ।   रोल्पाको रोल्पा नगरपालिकाको नवौं नगरसभा आज बिहिबार सम्पन्न भएको छ । रोल्पा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको नवौं नगरसभामा उप प्रमुख मनकुमारी घर्तीले आर्थिक वर्ष २०७८÷७९ को लागि नयाँ बजेट प्रस्तुत गर्नुभएको छ । जस्मा आर्थिक वर्ष २०७८÷७९ को बजेट तथा कार्यक्रमका लागि कुल ७० करोड ४१ लख ९१ हजार बिनियोजन गरिएको छ । कुल बिनियोजनको हिस्सामा विकास बजेट तर्फ २३ करोड ८० लाख ४१ ह्जार र साधरण तर्फ ४६ करोड ६१ लख ५० हजार रहेको छ । यस्तै चालु आर्थिक वर्षमा रोल्पा नगरपालिकामा कुल बजेट ७६ करोड ७९ लाख ९० हजार ३ सय ७७ रहेको थियो । रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले केही नयाँ निति तथा कार्यक्रमहरु परित गरेको छ । जस्मा आमा संग उपमेयर कार्यक्रम र ‘यूवा सहितको गाउँ, रोल्पा नगरपालिका समृद्धिको अर्को नाउँ’ यूवा निति सहितको कार्यक्रम आदी रहेका छन । यस्तै विश्वभरी फैलिरहेको  कोरोना भाईरस नियन्त्रणका लागि संघीय सरकारसँग खोपको लागि माग गर्ने यदि प्राप्त नभएको खण्डमा नगरपालिकाले आफैं खरिद गरेर शिक्षक सहित लक्षित नागरिकहरुलाई खोप प्रदान गर्ने पारित गरेको छ ।
रोल्पा नगरपालिकाले शिक्षानिति अन्र्तगत संघीय तथा प्रदेस सरकारले निर्देशन गरेका कार्यक्रम सहित रोल्पा नगरपालिकालाई शैक्षिक हब बनाउनका लागि समेत विभिन्न कार्यक्रमहरु तय गरेको छ । रोल्पा नगरपालिका भित्रका नगरबासीहरुलाई समृद्ध र सुखी बनाउनका लागि विभिन्न नयाँ योजना तथा कार्यक्रमहरु सँगै १ देखी १० नम्बर वडासम्मका नागरिकहरुलाई सकारात्मक प्रभाव पार्ने खालका कृषि, स्वास्थ्य, पशु, उद्योग, शिक्षा लगायत विकास र पर्यटनको क्षेत्रमा समेत विभिन्न बजेटहरु बिनियोजन गरेको छ । रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडलेको सञ्चालनबाट शुरु भएको कार्यक्रममा नगर कार्यपालिकाका प्रवक्ता मिमबहादुर घर्तीले रोल्पा नगरपालिकाका १० वटै वडाका विभिन्न योजना तथा कार्यक्रमहरु एवम बजेट समेत प्रस्तुत गर्नुभएको थियो । रोल्पा नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो ४ वर्षे कार्यकालको समिक्षा गर्दै अबको एक वर्षलाई उपलब्धीमुलक बनाउनका लागि सबै लागीपर्ने समेत निर्णय गरेका छन ।
कोभिडको त्रासपूर्ण वातावरणमा पनि रोल्पा नगरपालिकाका कर्मचारीहरुले स्वास्थ्य सुरक्षा अपनाउदै आफ्नो जिम्मेवारी पूर्ण रुपले ब्यहोरोको भन्दै त्रन्यवाद समेत ज्ञापन गरेका थिए । बिगतका दिनहरु भन्दा यस वर्ष भने उपभोक्ता समितिहरु र विभिन्न सरोकारवालाहरुबाट कुनै गुनासोहरु नआएको भन्दै कर्मचारीहरुको सक्रियता प्रति सबै जनप्रतिनिधिहरुले बधाई दिएका थिए । कर्मचारीहरु, जनप्रतिनिधिहरुले रोल्पा नगरबासीहरुसँग नङ र मासुको सम्बन्ध स्थापना गर्न मुख्य भूमिका निर्वाह गरेको नगरसभाका सदस्यहरुको ठहर थियो । कार्यक्रममा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै नगरकार्यपालिकाका सदस्यहरु र नगरका कर्मचारीहरुको सहभागिता रहेको प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभएको छ ।

327 total views, 2 views today