आइ पास नेपाल द्धारा सुरक्षित गर्भपनत पालीका अन्तरगतका स्वास्थ्य सस्थामा स्वास्थ्य समाग्री हस्तान्तरण

मालश्री अन्लाइन, १२ आषाढ । आइ पास नेपाल रोल्पाले ४ वटा गाउँपालिका स्वास्थ्य चौकिमा स्वास्थ्य सामागी हस्तान्तरण गरेको छ । रोल्पाको रुन्टिगढि गाउपालिका, माडि गाउँपालिका, लुङग्री गाउँपालिका र थबाङ गाउँपालिकाको स्वास्थ्य कार्यलयमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । लुङग्री गाउँपालीकाको बडाचौर स्वास्थ्य चौकि स्वास्थ्य समाग्री हस्तान्तरण गरीसकेको छ ।

स्वास्थ्य समाग्री अन्तरगत स्यानिटाइज, मास्क, एन ९५ मास्क, गोल्वस, पिपिइ सेट, एट्रोन, अक्सीमिटर, थर्ममिटर, हीपिलीप गोल्पस, एनए ड्रग लगाएतका स्वास्थ्य सामाग्री हस्तातरण गरिएको हो । भने बाकि माडि गाउँपालीकाको घर्तिगाउँ स्वास्थ्य चौकि, रुण्टिगढी गाउँपालीकाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्र, मसिना स्वास्थ्यचौकि र थबाङ गाउँपालिकाको जलजला अस्पताल तथा अनुसन्धान केन्द्रको लागी स्वास्थ्य कार्यलय रोल्पालाई बुझाइदिएको र त्यहाँबाट सम्वन्धित स्वास्थ्य संस्थाहरुले लग्ने पास नेपाल रोल्पाका कार्यक्रम अधिकृत सोयव अहमत बताउनुभयो । सुरक्षित गर्भपनत दिने ४ वटा पालिका अन्तरगत ५ वटा स्वास्थ्य संस्थालाई करिव ५ लाख बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो ।

333 total views, 2 views today