परिवर्तन गाउँपालिकाले गाउँपालिका भित्र रहेका फुसको छानो भएका घरहरू विस्थापन अभियान

मालश्री अन्लाइन, १८ आषाढ । परिवर्तन गाउँपालिकाले २०७७र०७८को लागि सुरक्षित नागरिक कार्यक्रम अन्तरगत गाउँपालिका भित्र रहेका फुसको छानो भएका घरहरू विस्थापन अभियान परिवर्तन गाउँपालिकाले पनि कार्यान्वयनमा ल्याएको हो।नेपाल सरकार तथा परिवर्तन गाउँपालिकाको अभियान अन्तरगत परिवर्तन गाउँपालिकामा रहेका खरको छानो भएका घरहरुमा तीन लगाउने अभियान गाउँपालिकाले सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष निमकांन्त डाँगीको भनाइ रहेकोे छ।

 

उहाँको जानकारी अनुसार परिवर्तन गाउँपालिका भित्र १६४ फुसको छानो भएका घरहरूको सम्झौता गरि सडक डिभिजन कार्यालय घोराहीमा पठाइएको र ६० प्रतिशत करम आउनेमा नआएको बताउदै,परिवर्तन गाउँपालिकाको संचित कोषमा २० लाख ८० हजार मात्र रहेको बताउनुभयो।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए अनुसार ५० हजारको दरले विपन्न परिवारलाई रकम उपलब्ध गराउने बताउनुभयो। साथै परिवर्तन गाउँपालिकाको अभियान अन्तरगत १६४ फुसको छानो भएका घरमा तीनको छानो लगाइएको बताइएको छ जसमा परिवर्तन गाउँपालिका १वडामा ३०घर,२वडामा २८ घर,३वडामा २८ घर,४ वडामा ३०घर,५वडामा २८घर र ६ वडामा २० घर रहेकोे गाउँपालिकाले बताएको छ।यसरी तिनको घर निमार्ण भए पछि आगो हुने र बर्ष(बर्षमा फुसको छानो लगाउने झन्झटिलो तरेको विपन्न परिवारहरुको भनाइ रहेको छ।गाउँपालिकाले तीन लगाइए पछी विपन्न परिवारहरु खुसी भएको त्यहाँबाट हाम्रा सहकर्मी सुर्य प्रकाश बुढामगरले जानकारी दिनुभएको छ।

 

484 total views, 1 views today