आशा परियोजनाद्धारा निर्माण गरिएका विभिन्न योजनाको अनुगमन

मालश्री अन्लाइन,२९  असार ।  आशा परियोजनाद्धारा निर्माण गरिएका विभिन्न योजनाको अनुगमन गरिएको छ । पहाडी साना किसानका लागी अनकुलन आयोजना, जिल्ला आयोजना समन्वय इकाइ रोल्पा द्धारा सञ्चालीत विभिन्न आयोजना हरुको सोमबार अनुगमन गरिएको हो । सुनीलस्मृति गाउँपालिका वडा नं. ६ दलगांमा चालु आर्थिक वर्ष २०७७ र ७८ को वार्षिक कार्यक्रम अन्तरगत सम्पन्न विभिन्न आयोजना हरुको पत्रकार हरुको टालीले अनुगमन गरेको आयोजना सञ्चालन कार्यालयले जानकारी दिएको छ । आयोजनाद्धारा सञ्चालीत सुनिलस्मृति गाउँपालीका वडा नं. ६ मा निर्माण सम्पन्न भएको तिनधारा साउरा खोला सिचाइ कुलोको अनुगमन गरिएको हो ।

 

 

आशा परियोजना रोल्पा बाट ४ लाख ९८ हजार ७ सय ६१ रुपैया र १ लाख २४ हजार ६ सय ९० जनश्रमदान गरि कुल ६ लख २३ हाजर ४ सय ५१ रुपैयामा अयोजना समपन्न भएको हो । उक्त सिचाइ अयोजना बाट ४४ घर लाभान्वित भएका छन् भने एक सय रोपनी जग्गा बाह्रै महिना सिंचीत हुने भएको उप–आयोजना कार्यन्वयन समितिका अध्यक्ष परम थापा मगरले बताउनु भयो । सोहि ठाउँमै बायोचार नमुना टोलले गर्दै आएको नया प्रकारको कृषि खेती प्रमा कलचरको पनी अनुगमन गरिएको छ । परम्परागत खेतीलाई विस्तापित गरि आधुनिक खेती प्रणाली, भित्राई कृषको आयआर्जन वृद्धि गर्नको लागी आशा परियोजना सगंको सहकार्यमा यस्तो प्रकारको खेती तर्फ लागेको प्रमा कल्चर सञ्चालन गर्दै आउनु भएका अगुवा कृषक एवं बायोचार नमुना टोल समितिका अध्यक्ष इन्द्र बहादु थापाले बताउनु भयो । आफुहरुले उत्पादन गरेको तरकारी विषादि प्रयोग नगरिएको र रसायानिक मलको समेत प्रयोग नगरिएको हुदा स्वास्थ्यको लागी अत्यन्त फाइदा जनक र अर्गानिक भएको उहाको भनाइ रहेको छ । बारीमा प्ररम्परा देखि गर्दै आएको अन्य खेती भन्दा यसरी आधुनिक कृषि खेती गर्दा थोरै जमिनमा पनी लाखौँ रुपैया कमाउन सकिने समेत उहाले बताउनु भयो । बारीमै अर्गानिक खेती उत्पादन गर्दा तरकारी किन्नकै लागी बजार सम्मै पुग्ने समयको बचत पैशाको बचत सगंै अर्गानिक तरकारी खादा स्वास्थ्यमा फाइदा हुने समेत बताउदै मेहनत गर्ने हो भने यहि ठाउँमा पनी कृषिमा कृषि क्षेत्रमा आफुहरुले राम्रो सम्भावना देखेको समुहकि सचिव सिता थापाले बताउनु भयो । त्यस्तै सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुंग्रीमा रहेको सिर्जनशिल बाख्रापालन समुहलाई प्रदान गरिएको बोयर बोकाको पनी अनुगमन गरिएको छ । आशा परियोजनाले ५५ हजारमा खरिद गरि समुहलाई उक्त बोका प्रदान गरिएको परियोजनाले जनाएको छ । यसरी परियोजना बाट उन्नत खालको बोका समुहमा ल्याएपछि कृषकहरुलाई थप पशुपालन व्यवसायमा लाग्नको लागी प्रेरणा मिलेको समुहकि अध्यक्ष विष्णु गिरीले बताउनु भयो । सुनिलस्मृति गाउँपालिका वडा नं. २ हिलेमा निर्माण गरिएको सिम सिचाइ पोखरी निर्माण योजनाको समेत अनुगमन गरिएको छ । अनुमगन कार्यक्रममा सुनिलस्मृती गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष अर्जुन सुवेदि, वडा नं. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरी, पत्रकार महासघं रोल्पाका अध्यक्ष नविन लोचन मगर, पत्रकार मसहासघं रोल्पाका संस्थापक अध्यक्ष काशिराम डागी, जिल्लामा कृयासिल विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरु, परियोजनाका कर्मचारी र स्थानिय उपभोक्ता समितिका पदाधिकारी र कृषकहरुको सहभागीता रहेको थियो ।

 

161 total views, 1 views today