ह्वामा धानापोका पहिरो पिडित लाई विभिन्न व्यक्तिहरु द्धारा सहयोग

मालश्री अन्लाइन,३० असार ।रोल्पा नगरपालिका वडा नं.९ ह्वामा धानापोका पहिरो पिडित लाई विभिन्न व्यक्तिहरु द्धारा खाद्यन्न तथा राहात सहयोग गरिएको छ । गत असार ८ गते घरमाथि बाट आएको पहिरोले घर भत्कीदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । सोहि बर्षातका कारण सोहि ठाउँका अन्य ५ घरमा समेत क्षेती पुगेको थियो ।

पहिरो पिडित हरुलाइ थोरै भए पनि पीडितहरुको आलो घाउमा मलम पट्टि लाउन भनी अमेरिकामा रहि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएका हेम थापा र माया थापा ले हेम माया फाउण्डेसन नेपाल मार्फत पिडित लाई नगद ५० हजार सहयोग गर्नु भएको हो । त्यस्तै ह्वामाका ६ घर धुरी पहिरो पीडित हरुलाई मेची महाकाली युवा अभियान्ताका संचालक भिमराज र ममता मानवसेवाका संचालक ममता लगायत त्यहाँका स्थानीय क्लब मेची काली अपडेट र पिएम अपडेट मिडियाहरुले समेत पहिरो पीडितहरु लाई खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको त्यहाबाट पुर्ण मगरले जानकारी दिनु भएको छ ।

282 total views, 1 views today