सुनछहरी गाउँपालिकामा बालबालीकालाई शैशिक सामाग्री र पुरस्कार वितरण

मालश्री अन्लाइन,३० असार । सुनछहरी गाउपालिकामा बालबालीकालाई शैशिक सामाग्री र पुरस्कार वितरण गरिएको छ । शिक्षा समता रणनिती कार्यक्रम अन्तरर्गत विद्यालय बाहिर रहेका, विपन्न शिषेश बालबालीहकाहरु र उत्कृष्ट विद्यार्थिहरुलाई बुधबार एक कार्यक्रमका विच छात्रवृती आर्थिक सहायता शैक्षिक सामाग्री र पुरस्कार वितरण गरिएको हो ।

 

सुनछहरी गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रका विभिन्न विद्यालयहरु मध्य कक्षा ३ का उत्कृष्ट विद्यार्थी रिपुकोट प्रा.वि.फगामका राम बहादुर घर्तीमगर कक्षा ५ बाट उत्कृष्ट, नेपाल राष्ट्रिय प्रा.वि.ऐसेलु खर्क जेल्बाङ्कका अञ्जली रोका मगर र कक्षा ८ बाट उत्कृष्ट देवी मन्दिर पोबाङ्का सरिता पुन मगरलाई नगद रु १३ हजारले पुरस्कृत गरिएको जनाइएको छ ।

यस्तै सुनछहरी गाउँपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत ४६ जना अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ भने ४८ जना विपन्न विद्यार्थीहरुलाई नगद रु १÷१ हजार दरले छात्रवृत्ति वितरण गरिएको हो । विद्यालय उमेर समुहका तर विभिन्न कारणले विद्यालय बाहिरका रहेका ४० जना बालबालिकाहरुलाई पनि नगद रु ३÷३ हजारका दरले आर्थिक सहयोग गरिएको जनाइएको छ । सुनछहरी गाउँपालिकाका अध्यक्ष आश बहादुर पुनको अध्यक्षतामा शैशिक्षक समाग्री र पुरस्कार वितरण गरिएको हो । कार्यक्रमको बारेमा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन प्रकाश पार्नुभएको थियोे ।

उक्त कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्रमुख शान्ता शर्माले गर्नुभएको हो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी अभिभावकको सहभागीता रहेको थियो । यसरी विद्यालय बाहिर रहेका बालबालिकाहरु अब तुरुन्तै विद्यालय भर्ना हुने समेत पुरस्कार वितरण छनोट समितिका सदस्य रेग बहादुर पुनमगरले बताउनु भयो । पुरस्कृत हुने विद्यालय र विद्यार्थीहरुलाई गाउँपालिकाका अध्यक्ष आश बहादुर पुनले अबिर ल्यापन गर्दै बधाई दिनुभएको हो ।

361 total views, 1 views today