माडि गाउँपालीका १ जवाङको छट्के ढुङ्गामा वृक्षा रोपन गरियो

मालश्री अन्लाइन,३१ असार । माडि गाउँपालीका वडा नं. १ जवाङको छट्के ढुङ्गामा वृक्षा रोपन गरिएको छ । जवाङको किमुगैरा सुकिदह सामुदायीक बन क्षेत्र भित्र पर्ने बस्तीहरुमा विहिबार एक कार्यक्रमका विच वृक्षा रोपन गरिएको हो । उक्त सामुदायीक बनका अध्यक्ष चन्द्र बहादुर घर्ति र सचिव लाल बहादुर घर्ति मगरले पारीत गरेको नियम अनुसार सोहि स्थानका ४५ घरधुरीका बासीन्दले १२ सय २५ वटा सल्ला, १ हजार वटा कैएलका विरुवा रोपेको जनाइएको छ ।

साथै वृक्षा रोपन गरिएके क्षेत्रमा पशुपंक्षी प्रवेसमा बन्देज गरिएको छ । उक्त क्षेत्र भित्र कोहि कसैले अटेरी गरी चरिचरण गरे गराएमा समितिको नियम अनुसार सोहि कारवाहि सहित जरिवमाना समेत गराइने निर्णय गरिएको त्यहाबाट शिवराम घर्तिममगरले जानकारी दिनु भएका

218 total views, 2 views today