इन्जिनियर्स दिवसको अवसरमा सिडेन रोल्पाद्धारा वृक्षा रोपन

मालश्री अन्लाइन,३ साउन । ५९ औ इन्जिनियर्स दिवसको अवसरमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) रोल्पाको आयोजनामा वृक्षा रोपन गरिएको सिडेन रोल्पाका उपाध्यक्ष शंकल्प बुढाथोकिले जानकारी दिनु भयो ।

 

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) रोल्पाले आफ्नो स्थापना दिबसको अबसर पारेर शुभकामना आदान प्रदान तथा विभिन्न प्रजातिका विरुवा रोपेर दिवस मनाएका हुन् । रोल्पा नगरपालिका वडा न. ३ स्थीत साद्दोबाटोमा रहेको रक गाडेन,लिवाङ आसपासका पहिरो जाने क्षेत्रमा र सरकारी कार्यालयको परिसरमा वृक्षा रोपन गरिएको इन्जिनियर एसोसेसन नेपाल रोल्पाका अध्यक्ष लोकेन्द्र पुनले बताउनु भयो । धुबि सल्ला, दाल्चुनि, टिमुर लगायतका विरुवा रोपिएको अध्यक्ष पुनले जानकारी दिनु भयो । यो दिवस बार्षिक रुपमा मनाउदै आइरहेको छ । बृक्षा रोपन कार्यक्रममा रोल्पा जिल्लामा रहेका इन्जिनियरहरु को सहभागिता रहेको थियो । रोल्पामा गतसाल मात्रै ९ जना कार्यसमिति रहने गरि सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) रोल्पाको स्थापना गरिएको थियो ।

234 total views, 1 views today