नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्धारा ३४ जना किशोरिहरुलाई छात्रबृती बितरण

मालश्री अन्लाइन,६ साउन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले ३४ जना किशोरिहरुलाई छात्रबृती बितरण गरेको छ । यु. एन. एफ. पि. ए. को आर्थिक सहयोय तथा नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाद्वारा सञ्चालित बालविवाह न्युनीकरण कार्यक्रम अन्तर्गत उक्त छात्रबृति बितरण गरिएको हो । जिल्लामा रहेका किशोरी समूहबाट छनौट गरिएका अभिवावक विहिन, अपांग, अति विपन्न, संरक्षण विहिन र हिंसामा परेका ३४ जना किशोरीहरूलाई प्रतिव्यक्ती एघार हजारका दरले छात्रवृती वितरण गरिएको जनाएको छ ।

 

नगर प्रमुख पुर्ण केसीको प्रमुख आतिथ्यता तथा जिल्ला सभापती डीभी घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । ४ वटा स्थानिय तहमा बालबिबाह न्युनिकरण कार्यक्रम अन्गर्तत २० वटा किसोरि समहु रहेको रेडक्रस रोल्पाले जनाएको छ ।

 

 

160 total views, 1 views today