रुन्टीगढीमा नेकपा एमाले परित्याग गरी एक दर्जन नेता कार्यक्रता नेपाली कांग्रेसमा प्रबेश

 

मालश्री अन्लाइन,६ साउन ।रोल्पाको रुन्टिगढी गाँउपालिकामा नेकपा एमाले परित्याग गरि करिब एक दर्जन नेता कार्यक्रता नेपाली कांग्रेसमा प्रबेश गरेका छन । राष्ट्रियता लोकतन्त्र समाजवादको आस्था र देशमा फेरि कांग्रेसको अनिवार्यता भन्ने महुसुस गर्दै आफुहरु नेपाली कांग्रेसमा प्रबेश गरेको नर्ब प्रबेसिहरुले जनाएका छन ।

देशलाई भ्रस्टाचार मुक्त, शुसासन युक्त, समृद्धि समाज निर्माण गर्ने कांग्रेसको अभियानमा जोड दिदैै साउन ४ गते सोमबार रुन्टीगढी गाँउपालिका वडा नम्बर ५ नयाँगाउमा वीर बहादुर पुनको नेतृत्वमा एक दर्जन भन्दा बढि नेता कार्यक्रता नेपाली कांग्रेस पार्टिमा प्रबेश गरेका हुन । नेकपा एमाले परित्याग गरि पार्टि प्रवेश गर्नेहरुमा वीर बहादुर पुन ,जितराज गिरी ,घनश्याम गिरी, घनश्याम डि.सी ,नारायण गिरी,ईन्द्रा गिरी,सीता गिरी ,गमि गिरी,सीता पुन लगायत रहनु भएको नेपाली कांग्रेस रुन्टीगढी गाउँपालीकाले जनाएको छ । पार्टि प्रबेश गर्नेहरुलाइ नेपाली कांग्रेस रुन्टीगढी गाँउपालिका संयोजक जनक पुन लगाएतले नेपांली काग्रेस पार्टीमा सदस्यता दिइ पार्टी प्रबेश गराएको तरुण दल रोल्पाका अध्यक्ष तिलक बुढाथोकिले जानकारि दिनु भएको छ ।

1,214 total views, 59 views today