विपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रोल्पाद्धारा वृक्षारोपण

मालश्री अन्लाइन,६ साउन । महामानव स्वर्गिय बिश्वेश्वरप्रसाद कोइरालाको ३९ स्मृति दिवस रोल्पामा पनि मनाइएको छ । नेपाली काँग्रेस रोल्पाको आयोजनामा सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को घायथानको सामुदायिक बन क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो । दिवसको अवसमार करिव २ सय विरुवा रोपिएको नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ । उक्त क्षेत्रमा सल्ला, टिमुर, दालचिनी, बर, पिपल लगाएतका विरुवाहरु लगाइएको हो ।

 

कार्यक्रममा नेपाली काँग्रेस रोल्पाका पार्टि सभापति एवं पुर्व राज्य मन्त्रि मम्मरसिंह पुन, नेपाली काँग्रेस रोल्पाका सस्थापक सभापति एवं पुर्व राज्य मन्त्रि सुरेन्द्र हमाल, पुर्व मन्त्रि रेगबहादुर सुवेदी, पुर्व पार्टि सभापनि माधव प्रसाद आचार्य, उपसभापति किशोरकुमार आचार्य, क्षेत्र नं. १ का क्षेत्रिय सभापति सिमबहादर विष्ट, निवर्तमा सचिव एवं प्रवत्ता जितविक्रम मल्ल, लुग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्का, महासमिती सदस्य नारायण सुवेदी, नेपाली काँग्रेसका नेता एवं रोल्पा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मानबहादुर खत्रि, युवा नेतृ श्रीकुमारी रोका, नेपाल लेखक संघका केन्द्रिय सदस्य दामोदरप्रसाद सुवेदी, सुनिलस्मृति गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष गन्जबहादुर क्षेत्री, नेपाल महिला संघ रोल्पाकी अध्यक्ष पुष्पा श्रेष्ठ, नेविसंघ रोल्पाका अध्यक्ष शेरबहादुर थापा, तरुणदल रोल्पाका सचिव लिलाधर आचार्य, ,नेपाल तरुण दल क्षेत्र न. २ का क्षेत्रीय सभापति तिरजपति बुढा मगर, सुनिलस्मृति गाउँपालिका बडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष गिरबहादुर विष्ट लगाएत नेपाली काँग्रेस प्रति आस्थावान नेता कार्यकर्ताहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । विपि स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेसले हरेक वर्ष यसरी नै वृक्षा रोपाण गरेर महामानव विश्वेश्वर प्रसाद कोइरालालाई सम्झने गरेको छ । रोल्पामा हाल सम्म रोपिएका विरुवाहरुको संरक्षण हुन नसकेको भन्ने गुनासोलाई मध्यनजर गर्दै यस बर्ष देखी नेपाली काँग्रेस रोल्पाले ब्यवस्थित तरिकाले रोपिएका विरुवाहरुलाई संरक्षण गरि स्थानिय सामुदायिक बन र डिभिजन बन कार्यालय रोल्पा संग समन्वय गरि बन उद्यान निमार्ण गर्ने नेपाली काँग्रेस रोल्पाका पार्टि सभापति पुनले बताउनु भएको छ ।

 

409 total views, 1 views today