काँग्रेस नेता बिष्टको १३ औँ पुण्यतिथिको अबसरमा श्रदानजली सभा सम्पर्ण

मालश्री अन्लाइन,६ साउन ।  नेपाली काँग्रेस सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडा सचिव मोतिराम विष्टको १३ औ दिनको अवसर पारेर श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली काँग्रेस सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को आयोजनामा गरिको श्रद्धान्जली सभा कार्यक्रमको प्रमुख अतिथीमा नेपाली काँग्रेस रोल्पाका पार्टि सभापति एवं पुर्व राज्य मन्त्रि अम्मरसिङ पुन रहनु भएको थियो ।

 

कार्यक्रमको विशिष्ट अतिथीमा पार्टिका सस्थापक पार्टि सभापति एवं पुर्व राज्यमन्त्रि सुरेन्द्र हमाल, पुर्व पार्टि सभापति माधव प्रसाद आचार्य र क्षेत्रिय सभापति सिमबहादुर विष्टले शोम मन्तव्यय राख्नु भएको थियो । मन्तव्य राख्ने क्रममा बत्ताहरुले नेपाली काँग्रेसले एउटा इमान्दर, कर्मठ र जुझारु कार्यकर्ता गुमाएको हुदा पार्टिलाई ठुलो क्षती पुगेको वताउदै दुःखको घडिमा शोकलाई शक्तिमा बदली अगाडि बढ्नका लागि शोक सन्तप्त परिवारलाई अगाडि बढ्न समेत आग्रह गरिएको थियो । नेपाली काँग्रेस सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का इकाइ सभापति केशरबहादुर विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाली काँग्रेस सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का इकाइ सचिव ओविलाल विष्टले गर्नु भएको थियो ।

502 total views, 1 views today