स्वास्थ्य चौकीमा बच्चा जन्माउनेको सङख्यामा बृद्धि

मालश्री अन्लाइन,६ साउन ।  ग्रामीण क्षेत्रमा चरम गरिबी,अशिक्षा, बेरोजगार र सामाजिक संस्कार आदि कारणले महिलाहरुले स्वास्थ्य चौकीमा बच्चा जन्माउने सङख्या कमि भएपनि सुनछहरी गाउँपालिका ६ नम्बर वडा फगाममा धमाधम महिलाहरु स्वास्थ्य चौकीमै बच्चा जन्माउन थालेका छन् । गत आर्थिक बर्ष २०७७÷७८ को तथ्यांकअनुसार ६ नम्बर वडा फगाममा जम्मा ४५ जनाको शिशुको जन्म भएकोमा ९५ प्रतिशत स्वास्थ्य चौकीमै जन्मेका थिए ।बाकी ५ प्रतिशत भने स्वास्थ्य चौकीको फोन सम्पर्कमा आएको तर भौगोलिक कठिनाई यातायात अभावले घरमै जन्मेको स्वास्थ्य चौकी फगामको प्रमुख रनजित यादवले जानकारी दिनु भयो । स्वास्थ्य चौकीका प्रमुख यादवका अनुसार नेपाल रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा आधुनिक भवन निर्माण भएको र रेडक्रसकै सहयोगमा उपचारको लागी आवश्यक पर्ने सामाग्रीहरु समेत रहेको तर प्राप्त दरबन्दी अभावले सेवा प्रभाहमा केहि असहज रहेको छ ।अहिले शिशु मृत्युदर र मातृ मृत्युदर पनि सुन्य रहेको छ।


स्वास्थ्य चौकीमा सुत्केरी भए बापत सुत्केरी प्रोत्साहनको लागि नेपाल सरकारबाट यातायात खर्च २ हजार,सुनछहरी गाउँपालिकाबाट पोषण खर्च १ हजार आमा र बच्चाको न्यानो कपडाकोलागी नेपाल सरकारबाट न्यानो झोला कार्यक्रम र सुत्केरी भएपछि घरमै गएर आमा र बच्चालाई चेकजाँच गर्ने ब्यवस्था रहेको स्वास्थ्य चौकी फगामका ब्यवस्थापन समितिका अध्यक्ष तथा ६ नम्बर वडा अध्यक्ष अमरजित पुन मगरले जानकारी दिनुभएको छ।अध्यक्ष पुनका अनुसार स्वास्थ्य चौकीमा जन्मेको प्रमाणपत्र बिना वडाले कुनै पनि बच्चाको जन्म दर्ता नगर्ने उल्लेख गर्नुभएको छ।यस आर्थिक बर्षमा ६ नम्बर वडाले गर्वबती महिला ,सुत्केरी आमा र बच्चा स्वास्थ चौकीमा सुत्केरी बनाउने अनमी,स्वयंसेविकाहरुलाई प्रोत्साहनको गर्न र घरगोठमा बच्चा जन्माउन पुर्ण रूपमा न्यूनीकरण गर्नको लागि वडाले रु १लाख बजेट विनियोजित गरिएको छ।यसको लागि सबै आमा समुह, स्वास्थ्य कर्मि ,राजनीति दल आआफ्नो ठाउबाट सहयोग गर्न पनि अनुरोध गर्नुभएको छ ।

 

260 total views, 1 views today