रोल्पामा रेडक्रशद्धारा रक्त संचार केन्द्रको स्थापना

मालश्री अन्लाइन, ८  साउन । रोल्पामा आज शुक्रबार रक्त संचार केन्द्रको उद्घाटन गरिएको छ । नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखा रोल्पाद्धारा संचालनमा ल्याइएको केन्द्रको आज उद्घाटन गरिएको हो । रेडक्रस रोल्पाले रोल्पा अस्पताल रेउघा संगको समन्वयमा रोल्पा अस्पताल रेउघामा उक्त रक्तसंचार केन्द्रको उद्घाटन गरेको हो । कार्यक्रमका प्रममुख अतिथी लुम्विनी प्रदेशसका सांसद दिपेन्द्र पुनले रिवन कोटर केन्द्रको उद्घाटन गर्नु भएको जनाइएको छ । उद्घाटन कार्यक्रमको बिशिष्ट अतिथीमा जिल्ला समन्वय समिती रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियार रहनु भएको थियो । कार्यक्रमको अवसरमा नेकपा एमाले रोल्पाका अध्यक्ष एवं रुन्टिगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, नेपाली काँग्रेस रोल्पाकी पार्टी प्रवत्ता कविता उपाध्याय, नेकपा आमोवादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र घर्ती, सवै स्थानिय तहका पालिकाका प्रमुखहरुको तर्फबाट रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसी, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, अस्पताल विकाश वोर्डका अध्यक्ष फविन्द्र आचार्य, नेपाल रेक्रश सोसाइटीका निवर्तमान जिल्ला सभापति एवं केन्द्रिय सदस्य नौलसिङ पुन, गैसस रोल्पाका अध्यक्ष घनश्याम आचार्य, रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवकुमार आचार्य र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविनलोचन मगर लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उद्घाटन कार्यक्रमको अवसरमा बोल्ने बत्ताहरुले रोल्पामा रक्तसंचार केन्द्रकोे अति आवश्यक भएको अवस्थामा रेक्रशस रोल्पाले अस्पतालसंगको समन्वयमा स्थापना गरेकोमा खुसी ब्यक्त गर्दै महत्वपुर्ण कार्य भएको बताएका छन । उनिहरुले मानवीय जिवन रक्षाका लागि रक्तसंचार केन्द्र बरदान सावित हुने बताएका छन । यो सेवालाई दिगो बनाउनका लागि आम रोल्पालीहरु सवैको उक्तिकै आवश्यकता हुने बताएका थिए । यसमा जिल्लाका राजनितीक दल, जनप्रतिनिधी, कर्मचारी सबैको भुमिका महत्वपुर्ण रहनु पर्नेमा जोड दिएका थिए । भौतिक विकाश मात्र विकाश नभएकाले यस्ता खालका विकाश हुनु पनि अहिलेको आवश्यकता भएको वत्ताहरुको भनाई रहेको थियो । रोल्पामा स्वास्थ्य क्षेत्रले पनि विकाश गर्दै गएकाले यो रोल्पालीहरुका लागि खुसीको कुरा भएको उनिहरुको भनाइ छ । विश्व ब्रह्माण्डमा रहेका सवै नागरिहरुको रगत एकै प्रकारका हुने भएकाले यसमा कुनै पार्टी, धर्म, जात, लिंग संग विभेद नगरी समान गरिकाले रक्तदान गर्न पनि प्रदेश सांसद पुनले आग्रह गर्नु भएको छ ।

 

 

 

 

कार्यक्रममै प्रमुख जिल्ला अधिकारी सापकोटाले रक्तसंचार केन्द्रलाई राहत स्वरुप २० हजार रकम आफ्नो तर्फ बाट सहयोग गर्ने घोषणा गर्नु भएको छ । सोही अवसरमा अन्यलाई पनि सग्दो सहयोग गर्न आग्रह गर्नु भएको छ । रक्तसंचार केन्द्र स्थापना गर्नका लागि जिल्लाका दश वटै स्थानिय तहहरुले करिव ३ लाख भन्दा माथि आथर््िाक सहयोग केही स्थानिय तहले गरिसेकेको र बाँकी स्थानिय तहहरुले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको रेडक्रश रोल्पाले जानकारी दिएको छ । ब्यक्तिगत हिसावले रेडक्रस रोल्पाका पुर्व उप–सभापति एवं नेपाली काँग्रेस रोल्पाका उप–सभापति किशोरकुमार आचार्यले रु १ लाख ११ हजार १ सय ११ सहयोग गर्नु भएको छ । हाल जिल्लामा रगत आवश्यक परेका बेला युवा अभियान्ता विनोद डाँगी, रोल्पा अस्पतालका डा प्रकाश बुढा लगाएतको नेतृत्वमा रहेको ब्लड फर रोल्पा नामको समुहले रगतको ब्यवस्थापन गर्दै आएको छ । समुहमा रहेका ब्यक्तीहरुले अस्पतालमै पुगी रक्तदान गरि थुप्रै नागरिकहरुको जिवन वचाएकाले उक्त समुहलाई रेडक्र रोल्पा, रोल्पा अस्पताल रेउघा र कार्यक्रममा बोल्ने बत्ताहरुले धन्यवाद ब्यक्त गर्दै आगामि दिनहरुमा पनि यस्तो प्रकारको सहयोग गरि जिवनदान गर्न आग्रह समेत गरेका थिए । कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रमखु प्रतिनिधी, सुरक्षा निकायका प्रमुख प्रतिनिधी, रोल्पा अस्पतालका डाक्टर, चिकित्सक, स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला स्थित विभिन्न संचार माध्यममा कृयाशिल पत्रकार, रेडक्रसकर्मि लगाएतको आतिथ्यता एवं उपस्थिती रहेको रेडक्रस रोल्पाका जिल्ला कार्यक्रम संयोजक मोकर्ण पुनले जानकारी दिनु भएको छ । हाल स्थापना गरिएको रक्तसंचार केन्द्रमा दान गरिएको रगत ३५ दिन सम्म सुरक्षित भण्डारण गर्न सकिने ल्याव सहायक कल्पना डाँगीले जानरी दिनु भएको छ । नेपाल रेक्रशस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डीवी टुहुरोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन रोल्पा शाखाका मन्त्रि अम्मर जिएमले गर्नु भएको थियो । कार्यक्रमको अवसरमा स्वागत मन्तव्य रोल्पा शाखाकी उप–सभापति टिकाकुमारी थापाले गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

309 total views, 2 views today