मदिरा सेवनबाट बागलुङ गलकोतमा मृत्यु भएका ४ रोल्पलीको दाह सत्कार गरियो

मालश्री अन्लाइन, ९ साउन । घरेलु मदिरा सेवनबाट बागलुङ गलकोतमा मृत्यु भएका ४जना रोल्पलीकोआज दाह सत्कार गरिएको छ ।बागलुङ गलकोट नगरपालिका ७ मल्ल गैराखर्क भन्ने स्थानमा साउन ४ गते सोमबार रोल्पा सुनिल स्मृति गाउपालिका ५ नम्बर वडा गजुल मन्घाका २१ बर्षीय दिपेन्द्र पुन, ३० बर्षीय प्रवीन पुन र सोही स्थान क्वालिगाउँ टोलका ३९ बर्षीय दुध बहादुर राना ५१ बर्षीय रेग बहादुर रानाको शव धौलागिरी अस्पतालमा पोस्टमार्टम गरि आफ्नै घरमा लिइएर स्थानीय प्रचलन अनुसार दाह सत्कार गरिएको स्थानीय भुवन घर्तीले बताउनु भताउनु भयो। बागलुङ गलकोट नगरपालिका ७ मल्लमा खानेपानी आयोजनाको मजदुर काममा लागेका सोही गाउँकै मिलन किराना पसलमा चाउचाउ डालमोट बिस्कुट र लोकल रक्सी खाए पछि बिरामी परेका थिए ।

 

 

 

 

उपचारको लागी बागलुङ धौलागिरी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । उता पसल संचालक भद्र बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको र घाटनाको बारेमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रबक्ता इकवाल हवारिले जानकारी दिए ।हवारिका अनुसार मृतकले खाएको रक्सी र अन्य खाद्यय पदार्थ ल्याब परिक्षणको लागी काठमाडौ पठाइएको छ। मृतक ४ जना संगै मदिरा सेवन गरेर गम्भीर बिरामी परेका सुनछहरी गाउँपालिका ६ नम्बर वडा फगाम दाङ्सिबाङ घर भएका ३८ बर्षीय खेमराज घर्ती र सुनिल स्मृति ५ गजुल मन्घाका २६ बर्षिय रबिन्द्र पुनको बागलुङ धौलागिरी अस्पतालमा उपचार पछि थप उपचारको लागी पोखरा अस्पतालमा उपचार भइरहेको छ। अहिले स्वास्थ्यमा सुधार आएको आफन्तले जानकारी दिएका छन।

 

घर खर्च चलाउनको लागि गत असार महिना बागलुङतिर कमाउन हिडेका आगामी दशै तिहारमा पैसा कमाएर घर फर्किने फोनमा घरपरिवार सङ्ग कुरा चल्थ्यो ।कमाएर आउछन् भनेर पर्खेर बसिरहेका घरपरिवारमा आज लाश बनेर आउँदा परिवार,आफन्त र सिङ्गो गाउँ नै शोकमा डुबेको छ। सुनिल स्मृति ५ नम्बर वडा अध्यक्ष नवराज थापाले यसरी अकल्पनीय दु:खद निधनको खबरले आफुलाई निकै मर्माहत बनाएको बताउनु हुन्छ। शोकको घडीमा मृतक प्रती श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त घरपरिवारजन प्रति धैर्य धारण गर्न अपील गर्नु भएको छ।साथै दोषीलाई निश्पक्ष तरिकाले छानबिन गरि कानूनी कारबाही गर्न सम्बन्धि निकायलाई अनुरोध गर्न भएको छ।

 

 

 

 

322 total views, 1 views today