परिवर्तनका लागि साँझा प्रयास समुहको प्रथम साक्षात्कार कार्यक्रम सुलिचौरमा सम्पन्न

मालश्री अन्लाइन, ९ साउन । परिवर्तनका लागि साँझा प्रयास समुहको प्रथम साक्षात्कार कार्यक्रम सुलिचौरमा सम्पन्न भएको छ । समाज परिवर्तनका लागि केहि परिबर्तन गर्नु पर्छ भन्ने उदेश्यका साथ पुर्वी रोल्पाको मुख्य व्यापारीक केन्द्र सुलिचौरमा रहेका ११ जना युवाहरुको प्रयासमा बैशाख १४ गत परिवर्तनका लागि साँझा प्रयास समुह गठन गरिएको थियो । विभिन्न सामाजिक क्षेत्रमा उत्तरदायित्व निर्वाह गर्दै समाजमा सकरात्मक सहयोगी भावनाको विकाश गर्नेमा महत्वपुर्ण भुमिका खेलिरहेको जनाइएको छ । विषेश गरि सुरुवातमा सुलिचौर बजार, प्राथमिका स्वास्थ्य केन्द्र सुलिचौर , खानेपानीका मुहानहरु सरसफाइ गर्दै आएको समुहले कोरोना भाइरसको दोस्रो लहरको संक्रम फैलिए सँगै पछि जिल्लामा अभाव भएको अक्सिजन ब्यवस्थापनका लागि महत्वपुर्ण भुमिका खेलेको बताइएको छ ।

 

 

समुहले हाल सम्म १ सय १९४ बटा अक्सिजन सिलिण्डर रिफिल गरेर जिल्लामा विभिन्न स्थानमा पु¥याएको थियो । त्यस्तै निशुल्क रुपमा रोल्पा अस्पताल संगै जिल्लामा भरमा स्थापना गरिएको आइसुलेसन केन्द्रमा अक्सिजन कन्सन्ट्रेटर, अप्थ्यारोमा परेका बिरामिहरुलाई आर्थिक सहयोग, उर्दार, कृषकलाई फलफुलका बिरुवा समेत बितरण गरेका थिए । समुहका संयोजक समाज सेवी भुपनारायण घर्ति रहनु भएको छ भने सदस्यहरुमा रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष बालकृष्ण सुवेदी, समाज सेवी सालिकराम सुवेदी, रोल्पा उद्योग वाणिज्य संघका महासचिव मिलन रोका, अधिवत्ता फत्तेप्रचण्ड घर्तिमगर, अधिवत्ता आकाश गिरी, युवाहरु साजन थापा, ओमप्रकाश विष्ट, जिवराज घर्ति, प्रेम घर्ति र सुरज घर्ति गरी समुहमा हाल ११ सदस्य संख्या रहेको प्रयास समुहका एक सदस्यले जानकारी दिनु भयो ।

 

 

हाल स्वदेश तथा विदेशमा रहेको विभिन्न सहयोगी ब्यक्तिहरु बाट समुहलाई १३ लाख ६७ हजार ४५ रुपैया ७८ पैसा जम्मा भएको छ भने विभिन्न शिर्षकमा गरि जम्मा ३ लाख ८० हजार ४ सय ९४ रुपैया ८५ पैसा खर्च भएको समुहले जनाएको छ बाकि ९ लाख ५ हजार ५ सय ५० रुपैया ९३ पैसा बचत रहेकाे समेत बताइएकाे छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक अध्यक्ष काँशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष खेमबहादुर वुढा, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिङ बिक,महेश न्यौपाने लगाएतका पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण समुहका संयोजक भुपनारायण घर्ति मगर गर्नु भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम अबसरमा साझा प्रयास समुहका बिभागिय जिम्मा समाली राख्नु भएका सदस्यहरुले आफुले पाएको जिम्मेबारीको रिपोटिङ समेत गर्नु भएको थियो ।

 

 

 

 

भने प्रयास समुहका संयोजक भुपनारायण घर्ति मगर र प्रयास समुहका परिकल्पनाकार बालकृष्ण सुबेदिले यसरी बिपदको समयमा आफ्नो जन्मघर र परीवारलाई छाडेर सात समुद्ध पारी र स्वदेशमै रहनु भएका सहयोगी मनकारी ब्यतिहरु बाट आफ्नो गास समेत काटेर यसरी आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनकारीहरुलाई धन्यबाद समेत दिनु भएको थियो । र यसरी उठेको आर्थिक सहयोगलाई अत्यनतै पारदर्शि तरिकाले गरीब, दुखि र अप्थ्यारोमा परेकालाई सहयोग गर्ने समेत प्रतिबद्धता ब्यत गर्नु भएको छ ।

 

 

318 total views, 2 views today