पक्की पुल बन्न नसक्दा स्थानीयहरु जोखिम मोलेर खोला तर्न बाध्य

 

मालश्री अन्लाइन, ३१ साउन । रोल्पाको सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ र प्यूठानको स्वर्गद्धारी नगरपालिका जोड्ने घोडाखोलामा समयमै पक्की पुल बन्न नसक्दा स्थानीय हरु जोखिम मोलेर खोला तर्न बाध्य भएका छन ।

रोल्पा र प्युठानको सिमानामा पर्ने घोडेखोलामा निमार्ण भै रहेको पक्की पुल समयमै निमार्ण हुन नसक्दा गत असार महिना देखि खोलामा पानी बढे पछि स्थानीयहरु सानो काठको फल्याक बाट जोखिम मोलेर खोला तर्न बाध्य भएका छन । दक्षिण पूर्वी रोल्पाको रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका हुदै दाङको घोराही सम्म जाने छोटो सडकमा पर्ने घोडेखोलामा वर्षा लागे देखि खोलामा पानी बढेसँगै यातायातका साधन आवत जावत गर्न समस्या भएको छ । पदैल यात्रा बाट खाद्यान्न लगायत अन्य सामान किनमेलका लागि दैनिक प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका किमिचौर भिग्री बजारमा जान समेत समस्या भएको स्थानीयले बताएका छन ।
तत्कालिन लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले गत पुस महिनामा पुल शिलन्यास गर्दा पुल निमार्णको जिम्मा लिएका जलजला आशु कन्ट्रसनका संचालक बालाजु श्रेष्ठले समयाअवधि भन्दा अगाडि सम्पन्न गरि बोनस लिने प्रतिवद्धता गरे पनि सम्झौता अनुसार काम सम्पन्न गर्ने समय २ महिना मात्र बाँकी हुदाँ सम्म पुलको निमार्ण कार्य अझै तिस प्रतिशत भन्दा बढी काम बाँकी रहेको छ ।२ करोड ५९ लाख २२ हजार लागतमा जलजला आशु कन्ट्रसनका संचालक बालाजु श्रेष्ठले निमार्णको जिम्मा लिइ पेटी ठेगदार सुन्दर घिमिरे र संन्जय चौधरी लाई जिम्मा दिएका थिए । पेटी ठेगदारले कामदारहरुलाई समयमा पैसा नदिए पछि पुलको निमार्ण कार्य हाल अलपत्र अवस्थामा रहेको बताइएको छ । विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् यो वर्षा त पक्की पुल बन्ने भयो अव खोला तर्न समस्या हुदैन की भन्ने आशामा रहेका थियौ अझै धेरै काम बाकी रहेकोले अर्को वर्षा सम्म पनि पुल नबन्ने हो भन्ने चिन्ता लागेको स्थानीय भुपेन्द्र कवरले बताउनु भयो । उनी भन्छन, पेटी ठेगदारले कामदारलाई समयमै पैसा नदिए पछि रित्तो हात रुदै घर जाने गरेका छन भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेगदारले नदिदा स्थानीय व्यापारीलाई समस्या भएको कवरले बताउनु भायो । दैनिक सयौ जना घोडेखोला तरेर नजिकको किमीचौर भिगृ बजार जाने गर्दछन । घोडेखोलामा पक्कि पुल निमार्ण नहुदा सम्मको लागि अर्को विकल्पको व्यवस्था नहुदाँ स्थानीयबासी जोखिम मोलेर खोला तर्न बाध्य भएका छन । यस प्रति स्थानीय सरकार र अन्य सरोकारवालाहरुको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अनाहकम ज्यान सक्ने खतरा रहेको स्थानियले बताएका छन् ।

379 total views, 6 views today