सरदमुकाम लिबाङमा मास्क अभियानको अनुगमन

 

मालश्री अन्लाइन, ३१ साउन । जिल्ला कोभिड व्यस्थापन समिति रोल्पाको आयोजनामा मास्क अभियानको अनुगमन गरिएको छ । २३ गतेदखि सुरु भएको अभियान आईतबार अनुगमन गरिएको हो । देशव्यापी रुपमा सुरुभएको नेपाल माक्स अभियानमा जिल्ला स्वास्थ्थ कार्यालय रोल्पाले १५ सय स्टीकर वितरण १ हजार माक्स वितरण गरिएको जिल्ला स्वास्थ्थ कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रलले बताउनु भयो ।

 

प्रमुख जिल्ला अधिकारी नमराज सापकोटाको नेतृत्वमा सरोकारवालाहरुको टिमले माक्स अभियान कार्यक्रममा सडकमा हिड्दा नागरिकले माक्स लगाएको छ कि छैन भनि सडकमा अनुगमन समेत गरिएको थियो । जिल्ला प्रशासन कार्यालय देखि सुरु भएको माक्स अभियान कार्यक्रमा सडकमा गुड्ने गाडी, बसपार्क, काउन्टर, बैक,होटल सार्वजनिक ठाउँहरुमा स्टीकर, टास,माक्स वितरण कार्य सम्पन्न गरेको छ । माक्स लगाउ,तपाइको माक्स खोई भन्ने प्ले कार्ड सहित बजार परिक्रमा गरेर जिल्ला प्रहरी कार्यालयको अगाडी कोणसभामा परिणत भई कार्यक्रम समापन भएको थियो । एक हप्ता सम्म संचालन भएको अभियान रोल्पा जिल्ला सदरमुका लिबाङ बजार र अन्य जिल्लाका ठुला बजारी क्षेत्रहरु सुलिचौर, होलेरी र घर्तिगाउँ बजारहरुमा अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । तपाईको मास्क खोइ अभियानमा प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, रोल्पा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौड्याल, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपि नरेश सुबेदि, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी निरीक्षक पदमराज भटट् रोल्पा अस्पताल रेउघाका डाक्टर प्रकाश वुढा स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोखे्रल, ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी सहायक निरीक्षक बिक्रम बिक र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिन लोचन मगर लगाएत जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, सुरक्षाकर्मि ,कर्मचारी लगाएको उपस्थित रहेको थियो । अभियानमा लिबाङ बजारमा मास्क प्रयोेग नगरेका मानिसहरुलाई मास्क दिएर सम्झाई बुझाई मास्क लगाउन आग्रह गरीएको थियो ।

 

 

492 total views, 4 views today