कृषि ज्ञान केन्द्र रोल्पा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको बार्षिक स्वीकृत कार्यक्रमको सार्बजनिकिकरण  लिबाङमा सम्पन्न

मालश्री अन्लाइन, ३२ साउन । कृषि ज्ञान केन्द्र रोल्पा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम पुर्ब र रोल्पाको आ.ब. २०७७÷०७८ को समिक्षा र आ.ब. २०७८÷०७९ को बार्षिक स्वीकृत कार्यक्रमको सार्बजनिकीकरण सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिती रोल्पाका प्रमुख राज बहादुर बुढा मगरको प्रमुख आथित्यतामा भएको कार्यक्रमा सुनिल स्मृती गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ति, लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का, गाउँपालिका अध्यक्ष परिर्बन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, थबाङ गाउँपालिका अध्यक्ष बिर बहादुर घर्ति, सुनछहरी गाउँपालिका अध्यक्ष आश बहादुर पुन प्रमुुख जिल्ला अधिकारी नवराज सापकोटा, गंगादेब गाउँपालिका उपाध्यक्ष रिता घर्ति, जिल्ला कृषि सहकारी संघ रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ति, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविनलोचन मगर, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका उपाध्यक्ष केशब कुमार आचार्य, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख सुदाम भट्टलगाएत जिल्लामा क्रियाशिल बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार,सरकारी गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी कृषि सहकारी समुुहमा आबद्ध कृषक लगाएको समेत आथित्यता एवं सहभागिता रहेको थियो । कार्यक्रमा बोल्ने वत्ताहरुले कृषि ज्ञान केन्द्र रोल्पा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम पुर्ब र रोल्पाले हाल सम्म गरेको कार्यको बारेमा समिक्षा गर्नु पर्ने बताएका थिए ।

 

 

 

आगामी दिनमा दुर दराजमा रहेका वास्तबिक कृषकहरुलाई समेत सेवा पुग्ने हिसाबले सेवा प्रबाह गर्न र कृषकहरुलाई दिएको अनुदानको सहि सदुपयोग भए नभएको बारेमा समय— समयमा अनुगमन गर्न सुझाव दिएका थिए । अर्को योजना सगँ डुब्लीकेशन नहुने तरिकाले कार्यक्रम बनाउन समेत आग्रह गरेका थिए । हाल स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको बिचमा तालमेत नहुँदा योजना डुब्लकेशन हुने गरेको बताएका थिए । कस्को अधिकारमा रहने भन्ने कुरा प्रष्ट नहुदाँ पनि बिकास कार्यमा समस्या देखिएको भन्दै प्रदेश सरकार र संघिय सरकार सँग स्थानिय सरकारका प्रमुखहरुले गुनासो गरेका थिए । प्रदेश सरकार र संघिय सरकार मातहतका कार्यालयहरुले राम्रो सँग स्थानिय सरकार सगँ समन्व नगरेको गुनासो गरेका थिए ।

 

 

स्थानिय सरकार सगँ समन्वय गरेर कार्यक्रम गरेमा बास्तबिक लक्षीत बर्ग सम्म योजना पुगेर प्रभावकारी हुनेमा समेत स्थानिय सरकार प्रमुखहरुको सुझाव थियो । कृषि ज्ञान केन्द्र रोल्पाको आ.ब. २०७७÷०७८ को समिक्षा र आ.ब. २०७८÷०७९ को स्वीकृत कार्यक्रमको कार्य पत्र प्रस्तुत कृषि ज्ञान केन्द्र रोल्पाका कार्यालय प्रमुख भरतमणि पोख्रेलले गर्नु भएको थियो । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम पुर्ब र रोल्पाको आ.ब. २०७७÷०७८ को समिक्षा र आ.ब. २०७८÷०७९ को स्वीकृत कार्यक्रमको कार्य पत्र प्रस्तुत प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम पुर्ब र रोल्पाका निमित्त कार्यालय प्रमुख मित्रलाल पौड्ेल गर्नु भएको थियो । कृषि ज्ञान केन्द्र रोल्पाका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्र रोल्पाका अर्थ बिज्ञ अधिकृत उमेशचन्द्र श्रेष्ठले गर्नु भएका थियो ।

 

 

 

 

341 total views, 3 views today