राष्ट्रिय मावि खुमेलले छात्रवृति रकम समयमै वितरण नगरेको भन्दै काँग्रेसद्धारा एक विज्ञप्ति सार्वजनिक

 

मालश्री अन्लाइन, २ भाद्र । रोल्पा नगरपालिका वडा नं. ३ मा रहेको श्री राष्ट्रिय मावि खुमेलमा २०७६–७७ को छात्रवृति रकम वितरण नगरेको भन्दै विरोध जनाइएको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाली काँग्रस रोल्पा नगरपालिका वडा नं. ३ को इकाइ कमिटिले विरोध जनाएको हो । विद्यालयले कोरोनाका कारण छात्रवृति वितराण गर्न नसकिएको भन्दै ध्यानाकर्षण पत्र समेत सार्वजनिक गरेको थियो । विद्यालयले ध्यानाकर्षण पत्र आफ्नो गल्ति ढाकछोप गर्नका लागि मात्र ध्यानाकर्षन पत्र सार्वजनिक गरेको भन्दै विज्ञप्ति मार्फत आपत्ति जनाएको छ ।

कोभिड संक्रमण केहि कम भएको समयमा २०७७ असोज देखी २०७८ बैसाक सम्म विद्यालय खोलिएको र त्यही समयमा छात्रबृति बाड्नु पर्ने भए पनि विद्यालयले किन छात्रबृति वितरण नगरेको भन्दै प्रष्ट पारिदिन आग्रह गरिएको छ । नेपाली काँग्रेस वडा सभापति यम पुरीद्धारा हस्ताक्षेरित विज्ञप्तिमा नगरशिक्षा समिती, अभिभवक, समाजसेवी, बुद्धिजिवी, राजनैतिक दल तथा पत्रकारहरुको उपस्थितीमा ३ दिन भित्र प्रष्ट पार्न समेत अनुरोध गरिएको छ । उता वडा अध्यक्ष इन्द्र बहादुर थापाले भने छात्रवृतिको रकम खातामै सुरक्षित रहेको बताउनु भएको छ । कोरोना संक्रमणका कारण छात्रवृति बाड्न नसकिएको र संक्रमण केही कम भएका आफुहरुले छात्रवृति रकम बाड्ने बताउनु भएको छ ।

445 total views, 2 views today