अनलाईन पत्रिका आएको समाचार प्रति रोल्पा नगरपालिका वडा नं.३ द्धारा प्रेस विज्ञप्ति सार्वजनिक

 

मालश्री अन्लाइन, २ भाद्र ।  अनलाईन पत्रिका हाम्रो कुरा डट कममा आएको समाचार प्रति रोल्पा नगरपालिका वडा नं.३ ले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । उक्त अनलाईनमा खुमेल गाउँःजहा माओवादी आतंकबाट त्रसिद छन नागरिक शिर्षक दिएर समाचार आएको थियो । विद्यालयको बजेटका बारेमा कुरा उठाए पछि झक्कुप्रसाद घर्तिलाई वडा अध्यक्षले कुटपिट गरेको, नगर कार्यपालिक सदस्य लिलाराम सुनारले पनि गाउँका अर्का युवालाई निर्घाट कुटपिट गरि आफै उपचार गराएको, विद्यालयको आफै ब्यवस्थापन समितीको अध्यक्ष बनेर छात्रवृतिको रकम हिनाविना गरेको, स्थानिय तहको चुनावमा पनि थापाकि दिदि च्याङ्खुरीले विपन्न दलित परिवारलाई पसलबाट खाएको रासनको पैसा दिन वा भोट दिन भनेको त्यो नगरेमा घरमा ताल्चा लगाइदिने धम्कि दिएको समेत हाम्रो कुरामा आएकोे समाचारमा लेखिएको थियो ।

 

सो समाचार प्रति विज्ञप्तिमा घोर भ्रत्सना गरिएको छ । विद्यालयको बजेटका बारेमा कुनै कुटपिट नभएको, आफु वडा अध्यक्ष हुनु भन्दा पहिले नै विद्यालयका प्रधानाध्यापक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अनलाइनमा आएको समाचार कपोकल्पित, तथ्यहिन र बनावटि भएको भनिएको छ । वडा अध्यक्ष थापाले समाचार लेख्ने पत्रकार आफुले पत्ता लगाइ सकेकाले आफुले लेखेको समाचारमा आधार, तथ्य र प्रमाण दिन समेत आग्रह गर्नु भएको छ । समाचारमा आएको जस्तो आफु प्रमाणित भए वडा अध्यक्ष र विद्यालय ब्यवस्थापन समितीका अध्यक्षबाट राजिनामा दिने समेत मालश्री अनलाइनलाई जानकारी दिनु भएको छ । यहि विषयमा राष्ट्रिय मावि खुमेलले पनि ध्यानाकर्षन पत्र सार्वजनिक गरेको छ । प्रधानाध्यापक पुर्णबहादुर थापा र अध्यक्ष इन्द्रबहादुर थापाद्धारा जारी गरिएको ध्यानाकर्षण पत्रका भ्रामक, सत्य, तथ्यहिन कुराहरु नबुझी समाचार शेर कमेन्ट नगर्न समेत आग्रह गरिएको छ । साथै समाचारमा आरोप लगाइएका ब्यक्तीहरु वडा अध्यक्ष इन्द्रबहादुर थापा, वडा सदस्य बिर्खबहादुर घर्तिमगर, नगर कार्यपालिका सदस्य लिलाराम सुनार, विद्यालयका प्रधानाध्यापक पुर्णबहादुर थापा, ब्यापारी देवकला बिष्ट र कार्यालय सहयोगि आशोक कुमार महराद्धारा हस्ताक्षेरित विज्ञप्ति पनि सार्वजनिक गरिएको छ ।

 

685 total views, 1 views today