रोल्पाको सिमगिठामा पहिरो जाँदा स्थानियको फर्निचर र मिल पुरियो

मालश्री अन्लाइन, ३ भाद्र । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा न. ३ सिमगिठामा गएरातीको पहिरोले स्थानिय रेगम पुनमगरको फर्निचर र मकै पिस्ने मिल पुरिएको छ । बुधवार साँझदेखिको भारी वर्षा नरोकिएपछी त्यसै दिन राती करिब १० बजे पहिरो गएको हो । पहिरोको कारण आवतजावत गर्न कठिनाइ भएको छ साथै जुतुङखोला र मैरामारे प्युठान जोड्ने सडक खण्डपनी पुर्नरुपमा बन्द भएको छ । नजिकै रहेको चार घर पनि पहिरोको उच्च जोखिममा रहेको छ ।

 

भिरालो जमिन त्यसैमा सडक बाटो भएकोले पनि पहिरो नियमित गइरहेको छ । करिब १५० मिटर तल सम्म गएको पहिरोले ७ घरपरिवारको मकैबारी क्षेतिग्रस्त भएको छ । पहिरोले पुर्छ कि भन्ने डरले स्थानियहरु रातभरी ननिदाई बसेका छन । साथै भारी बर्षाका कारण जुतुङखोला स्थित देब बहादुर खडकाको घर र चर्पी र याम बहादुर खडकाको घर पहिरोको उच्छ जोखिममा रहेको बताइएको छ ।

 

 

891 total views, 2 views today