परिवर्तन गाउँपालिका ६ ओहका स्थानीयहरु बाँदर धपाउन बथना

मालश्री अन्लाइन, ४ भाद्र । रोल्पाको परिवर्तन गाउँपालिका वडा नं.६ ओहका स्थानीयहरु बाँदर धपाउन बथना बस्ने गरेको बताइएको छ । लगाएको बालिनाली नष्ट गर्ने भएकाले आफुहरु बथना बस्ने गरेको स्थानीय खर्के बुढामगरको भनाइ रहेको छ।छ महिनासम्म दुख गरेर लगाएको बाली पनि बाँदर आएर नोक्सानी गरिदिने सोही गाउँका स्थानीय मान्धोज पुनमगरको भनाइ छ।“साँझ घरमा आयो फेरि बिहान पल्ट बाँदरको बथना गर्न जाने गरेर दिनचर्य बिताउने“ गरेको अर्का स्थानीय मनु बुढामगरको भनाइ रहेको छ।हिउँद समयमा सिचाइको सुविधा छैन खासै उत्पादन हुँदै,बर्खे बालीको आशा गर्छौं केही खाद्यान्न उत्पादन हुन छ कि भनेर तर यसरी बाँदर आएर सताउने गर्दा आफुहरु चिन्तीत भएको स्थानीयहरुको जोड रहेको छ ।

 

जेष्ठ नागरिक माकु चन्दका अनुसार पहिले पनि बाँदर आउने गरेको र अहिलेको जस्तो धेरै नसताएको बताउदै,आफू पनि बिहानै खेतमा जाने गरेको बताए।अहिले गाउँमै बाँदर पस्न थालेको धेरैको गुनासो रहेको छ । परिवर्तन गाउँपालिका ६ ओह गाउँमा रहेको भिरखामे पहरमा धेरै बर्षाद भएपछि बाँदरहरु बासँ बस्नको लागि उक्त ठाउँमा आउने गरेको स्थानीयले बताएका छन् । बाँदर भिरमा सजिलैसँग जाने भएकाले उक्त भिरमा आउने र केही समय त्यहीँ ठाउँमा रहने गरेको र आफुहरु घरमा आएको समयमा आएर कृषकको बालीमा क्षेती गर्ने गरेको बताइन्छ ।

 

 

बाँदरले परिवर्तन गाउँपालिका ६ को ओह, हाँकलङ, नाफे, थानकोट, झेङ्जा, माडी गाउँपालिका ३ को खनाबाङ, धनथाना तथा गंगादेव गाउँपालिका ६ को भिखोला, झाझरखोला लगाएताका विभिन्न ठाउँमा सताउने र क्षेती गर्ने गरेको बताइएको छ । बाँदरको कारण जंगल नजिक भएका धेरै जमिनहरु बाँजो हुने गरेका छन।जसले गर्दा धेरै दुख गरेर लगाएको खेती एकैपटक आएर नोक्सान गरिदिने बाध्यताले कोही सहरमा त कोही भारतमा गएको स्थानीयहरुको भनाइ रहेको छ ।

 

 

477 total views, 3 views today