जलजलामा दर्शन गर्न जाने भक्तालुहरु पुग्नको लागि केहि स्थानका सडक सुचारु

मालश्री अन्लाइन, ६ भाद्र । रोल्पाको थबाङ जलजलामा पुजा तथा दर्शन गर्न जाने भक्तालुहरु उक्त स्थानमा पुग्नको लागि केहि स्थानका सडक सुचारु भएको छ । । पुजा अर्चनाका लागि शहिदमार्गको मिरुल थबाङ सडक खण्ड अन्तर्गत पर्ने सडक हरुमा अहिले गाडिको आवत जावतमा जाम हुने गरेको छ । पहिरोका कारण अबरुद भएको त्यस क्षेत्रमा सडक बिभागले हिजो देखि आवागमनमा सहज बनाएपछि गाडिको चाप निकै बेढको छ । जनैपुर्णिमाका दिन लाग्ने मेलामा रोल्पा जिल्ला लगायत छिमेकी जिल्ला बाहिरका दर्शनार्थिको पनि धेरैको उपस्थिति हुने गरेको पाइन्छ । सडक खुलेपछि थबाङसम्म पुगेका हजारौ भक्तालुहरु भने त्याहाबाट पैदलनै जलजला पुग्ने गर्दछन । उक्त स्थानमा रहेका ब्राहभाइ ब्राह र बाइस बहिनि बुजुको दर्सन गर्दा मनोआकाक्षां पुरा हुने धार्मिक विस्वास गरिएको हिरा बहादुर घर्तिले बताउनु भयो । प्रकृतिको अनुपम भण्डार नेपाल भौगोलिक विविधता, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले संसारमै प्रख्यात छ । उच्च हिमाली, मध्य पहाडी र तराईको भूभाग र त्यहाँ बसोबास गर्ने पशुपक्षी, वनस्पति र जनजीवन गजबकै छ। यही विविधता हेर्न बर्सेनि लाखौं पर्यटक नेपाल आउँछन्।मध्यपश्चिममा पर्ने रोल्पाको सबैभन्दा अग्लो भूभाग जलजलाको नाम सुन्दा जति आनन्द लाग्छ, त्यहाँ पुग्दा धेरै गुणा सुन्दर र मनमोहक अनुभव हुन्छ । हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थवाङ गाउँपालिकाले घेरेको छ ।तीन हजार मिटरदेखि छत्तीस सय पचास मिटर उचाइमा फैलेको जलजला रोल्पाकै अग्लो भूभाग हो।

 

यो क्षेत्र धार्मिक, प्राकृतिक र ऐतिहासिक रूपले महत्व बोकेको स्थान हो। जलजला क्षेत्रको बीचमा स्यानो उपत्यका भित्र बज्यू बराह, कैलु बराह र सतदेवका मन्दिर छन्। बर्सेनि सयौ भेडा र कुखुराको बलि दिने चलन छ । जलजलामा वर्षमा तीन पटक वैशाख, जेठ र साउने पूर्णिमाका दिन ठूलो मेला लाग्छ । मेलामा वराह पूजा गरिन्छ । सयौं भेडाको बलि चढाइन्छ । पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । नजिकै पोखरीबाट पानीको मुहान फुटेको छ । खोला दक्षिणतिर बग्छ। मन्दिरबाट करिब २० मिटर दक्षिण हिँडाइमा विशाल भामा गुफा छ । किंवदन्ती अनुसार १२ भाइ वराह र २२ बहिनी बज्यू वराह उत्पत्ति भएको गुफा स्थानियको भनाइ रहेको छ ।यस क्षेत्रमा करिब १४ प्रजातिका गुराँस फुल्छन। यहाँ घोरल, थार, रतुवा, हरिण, बँदेल, बाघ, चितुवा, भालु र दुर्लभ वन्यजन्तु रेड पाण्डा लगायत जंगली जनावर पाइन्छ । त्यस्तै डाँफे, मुनाल, कालिजसहित सयौं चराचुरुंगीको बासस्थान हो।

 

 

घाँसे फूलहरू, रथ विरथ, गन्दव, हाङगव, जिलावे, भारमासे, पातव, ढालमुन्द्र, विन्जोरी, ढोंगे, सुनगाभा आदि फूल तथा जडीबुटी पाइन्छ । जलजलाबाट उत्तरमा सिस्ने, पुथा, डोगारी, गुर्जा र धौलागिरि हिमश्रृंखलाको लामो लर्कन देखिन्छ । वसन्त ऋतुमा जलजला क्षेत्र गुराँसले मग्मगाउँछ। वर्षा याममा थरीथरीका रंगविरंगका भुइँफूल फुल्छन्। हिउँदमा जलजला हिउँले सेताम्मे बन्छ। त्यहाँ माथिको नीलो आकाशसहित उत्तरमा ढोरपाटन क्षेत्र माथिका हिमालको लामो लर्कन देखिन्छ।राष्ट्रिय प्रकृति संरक्षण कोषले जलजला क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ । त्यस क्षेत्रमा सांकेतिक चिन्ह राख्ने काम धमाधम भइराखेको छ । केही वर्षअघि एक्सप्लोर गरिएको गुरिल्ला ट्रेल र जलजला ट्रेलको आकर्षक गन्तव्य जलजला नै हो । जलजला पुग्न ४ वटा रुट प्रयोग गर्न सकिन्छ । घोराहीदेखि रोल्पा सुलिचौरसम्मको कालोपत्रे बाटो र करीब २५ किलोमिटर कच्ची मोटर बाटो हिँडेपछि जेलबाङ पुग्न सकिन्छ । त्यहाँबाट करीब ७ घण्टाको पैदल उकालो यात्रापछि जलजला पुग्न सकिन्छ ।घोराही, होलेरी, मिरुल हुँदै थबाङसम्मको १४० किलोमिटर कच्ची मोटर बाटो गाडीमा गएपछि तीन घन्टाको पैदल यात्रापछि पनि जलजला पुग्न सकिन्छ । सोही बाटोको मिरुल टुटु झरेर जाने बाटो पनि प्रचलित छ । लिबाङ, ओखरेनी, जलजला रुट भने नयाँ हो, जसको आरम्भ यही वर्षबाट भएको छ ।

 

252 total views, 1 views today