मोटरसाइकल दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

मालश्री अन्लाइन, ६ भाद्र । रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रोल्पा नगरपालिका २ धनमुढा बस्ने ५५ वर्षीय खड्क बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । आइतबार बिहान ११ बजेतिर सुनिलस्मृति १ सेरास्थित रा ६ प ८८६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ । लिवाङबाट प्युठान जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव उपरीक्षक सुबेदीले जानकारी दिनुभयो ।

623 total views, 1 views today