नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले ४३ औं स्थापना दिवस मनायो

मालश्री अन्लाइन, ६ भाद्र । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले ४३ औं स्थापना दिवस मनाएको छ । रोल्पा शाखाले दिवसको शुभअबसरमा मास्क वितरण गरेर मनाएको हो । “मास्कको प्रयोग गरौं, कोरोनाको सङ्क्रमणबाट बचौं ।“ भन्ने मूल नारासहित लिबाङ बजार परिक्रमा गरी मास्क वितरण गरेको थियो ।

 

 

कोरोना भाइरसको सङ्क्रमणलाई न्युनिकरण गर्न मास्कको प्रयोग अनिवार्य छ भन्ने सन्देश दिन उक्त मास्क वितरण कार्यक्रम गरिएको शाखाका मन्त्री अमर जी.एम.ले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण अन्य औपचारिक कार्यक्रमहरू गर्न नसकिएको शाखाका उपसभापति टिकाकुमारी बुढामगरले बताउनुभयो । सो कार्यक्रममा शाखाका सभापति डी.बी. घर्तीमगर, उपसभापति टीकाकुमारी बुढामगर, मन्त्री अमर जीएम, कोषाध्यक्ष भीमबहादुर बुढामगर, अन्य सदस्यहरू, कर्मचारी तथा स्वयम् सेवकहरूको उपस्थिति थियो । २०३५ भाद्र ६ गते स्थापना भएको रोल्पा जिल्ला शाखाले ४३ वर्ष पूरा गरि ४४ वर्षमा प्रवेश गरेको छ ।

 

 

 

360 total views, 2 views today