नेपाल कम्युनिष्ट पार्टी भातृ सगंठन अखिल क्रान्तीकारी रोल्पाले ज्ञापन पत्र बुझायो

मालश्री अन्लाइन, १८ भाद्र । नेपाल कम्युनिष्ट पार्टी भातृ सगंठन अखिल क्रान्तीकारी रोल्पाले ज्ञापन पत्र बुझाएको छ । विद्यालयहरुले विभिन्न बाहानामा लिने गरेको शुल्क खारेजी गर्न माग राख्दै सुक्रबार जिल्ला प्रशासन कार्यलय रोल्पा, जिल्ला विकास तथा समन्वय इकाइ रोल्पाका दुर्गा बहादुर खड्का र नगर शिक्षा शाखा प्रमुख महेन्द्र पराजुलीलाइ ज्ञापनपत्र बुझाएको नेपाल कम्युनिष्ट पार्टी भातृ संगठन अखिल क्रान्तीकारी रोल्पाले जनाएको छ ।

 

विद्यालयहरुले भर्ना शुल्क परीक्षा शुल्क लगाएत विभिन्न बाहानामा लिने गरेको शुल्क खारेजी गर्नु पर्ने, सामुदायीक विद्यालयमा अंग्रेजी र नेपाली गरी दुइ माध्याम बाट अध्यापन गराउदा दुई प्रकारको शिक्षा बन्न गएको हुदा यस्लाई बन्द गर्नुपर्ने छात्राबृद्धिमा भएको अपारदर्शिता बन्द गर्नु पर्ने, विद्यालयमा भौतिक पुर्वाधार निर्माण लगाएतका क्षेत्रमा भ्रष्टाचार बन्द गर्नुपर्ने लगाएतका माग राख्दै ज्ञापन पत्र बुझाएको नेपाल कम्युनिष्ट पार्टी भातृ सगंठन अखिल क्रान्तीकारी रोल्पाका अध्यक्ष हरी बहादुर वलीले जानकारी दिनु भयो ।

साथै आफुहरुले राखेका मागहरुलाई सम्वोधन गर्न सम्वन्धित पक्षलाई ज्ञापन पत्र मार्फत अनुरोध समेत गरिएको छ । ज्ञापन पत्र बुझ्दै यो विषयमा सवै विद्यालयका प्रःअ हरु सगं छलफल गरेर सत्य तथ्य बुझेर माग पुरा गरीदिने आश्वासन समेत दिनुभएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

 

252 total views, 3 views today