सहास नेपालका सामाजिक लेखाजोखा कार्यक्रममा सिड्स कार्यक्रमले समुदाय विकासमा स्थानिय सरकारको पूरकको रुपमा काम गरिरहेको निश्कर्ष

मालश्री अन्लाइन, २० भाद्र ।  स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोगमा सहयोगि हातहरुको समुह (सहास) नेपालद्धारा सुनिल स्मृति गाउँपालिकामा सञ्चालन भईरहेको दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रमको सामाजिक लेखाजोखा आईतवार सम्पन्न भएको छ । यस कार्यक्रममा सहास नेपाल अन्तरगत रहेका स्वालब्मन समुहहरु , सम्बाद सञ्जाल हरु ले गरिरहेका कृयाकलापहरु र हरिगाउँमा रहेको श्री ज्योतिप्रकाश मा वि हरिगाउँमा परियोजना ले गरेका गतिविधिहरु को संयुक्त अन’गमन गरिएको थियो । उक्त कार्यक्रममा सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोतिम आलम , गाउँपालिका महिला बालबालिका शाखा प्रमुख भगवति बुढा, सुनिल स्मृति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नेत्र बहादुर गिरि, वडा सदस्य कल्पना बि क, पत्रकार भरत नेपालि , सामाजिक लेखाजोखाका लागि परामर्शदाता प्रशिद्ध न्यौपाने , सिड्स कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक मेनका मल्ल अनुगमन अधिकृत प्रताप श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 

 

कार्यक्रममा सुवर्णवति स्वाबलम्बन समुहका सदस्यहरुले आफुहरुले समुहमा आबद्ध भईसकेपछि सामाजिक आर्थिक क्षेत्रमा गरेका कृयाकलाप तथा परिवर्तनहरु, समुहको विकास योजना तथा कार्ययोजना , वहाहरुको आफ्नै जिवनमा अएको परिवर्तन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि समृद्धि किशोर किशोरि एनिमेटर सञ्जाल (सान) ले पनि सोहिअनुरुप प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि हरिगाएँमा रहेको श्री ज्योतिप्रकाश मा वि मा पनि परियोजनाले गरेका भौतिक तथा प्रविधिक सहयोग को पनि समिक्षा गरिएको थियो ।

 

 

कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष श्री गुणेन्द्र घर्तीले सहास नेपाल ले गरिरहेका कार्यक्रमहहरु स्थानिय सरकारका लागि पुरक रहेको र यस संस्थाले यहाँको सामाजिक, शैक्षिक र जिबनस्तर सुधारका लागि प्रयासहरु गरिहेकोमा यसको सह्राहना गर्दै आगामि दिनमा अझै सहयोगको अपेक्षा समेत राख्नुभयो । त्यसैगरि वहाँले समुहलाई अझ सशक्त बनाई दिगोपनाको लागि वहाँहरुलाइ योजना निर्माण प्रकृया र समुह व्यावस्थापनका थप तालिम हरु प्रदान गर्न पनि संस्थालाई सुझाव दिनुभयो । साथसाथै वहाँहरुले गरेका राम्रा अभ्यासहरु को सह्रहहना गर्दै समुहको दिगोपनाका लागि वहाँहरु सकृय भएमा आगामि दिनमा पालिकाको तर्फबाट पनि सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गनुभयो । यसैगरि कार्यक्रममा सुनिल स्मृति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नेत्रबहादुर गिरिले पनि जुन सुरुवात सहास नेपालले गरेको छ त्यसलाइ सहास नेपाल रहुन्जेल मात्र नभएर आफले सिकेका राम्रा कुराहरु नबिर्सेर अनुशरण गर्दै अगाडि बडेमा वडाका तफबाट आफुले निरन्तर गर्ने र त्यसो भएमा मात्र परियोजनाले गरेको लगानि सार्थक शिद्ध हुनेकुरा व्यक्त गर्नुभयो ।

 

कार्यक्रमका सामाजिक लेखाजोखा का लेखापरिक्षक प्रशिद्ध न्यौपाने ले आफु सन् २०१९ मा आँउदा र अहिले मा आकास जमिन फरक रेको र परियोजनाका गतिविधिहरु यकदमै सान्दर्भिक तथा उपलब्धिमुलक रहेको बताउनुभयो । वहाँले सामुदायिक संरचना हरु निकै अगाडि बढेको र वहाँहरुले बनाएका कार्ययोजनाहरु पुरा होउन भन्ने सुभकामना व्यक्त गर्नुभयो ।

 

253 total views, 1 views today