नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँपालिकाको गाउँ समितिको बैठक सम्पन्न

मालश्री अन्लाइन, २२ भाद्र । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)परिवर्तन गाउँपालिकाको गाउँ समितिको बैठक आज पुतलाचौरमा सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष सुक बहादुर बुढामगरको अध्यक्षमा हिजो देखि सुरुभएको बैठक आज पार्टीको महत्त्वपूर्ण निर्णय गरेर सम्पन्न भएको हो । वैठकमा पार्टीलाई शसक्त ढंगले अगाडि बढाउने,पार्टीको आगामी कार्ययोजना तयार गर्ने,पार्टी सदस्यताको नविकरण गर्ने र स्थानीय समितिको भेला गर्ने लगाएतको निर्णय भएको बताइएको छ।

 

 

बैठकको प्रमुख आतिथ्यता नेपाल कम्युनिष्ट पार्टी(परिवर्तन गाउँपालिका केन्द्र)का इन्चार्ज निमकांन्त डाँगी रहनुभएको थियो।कार्यक्रम सञ्चालन नेपाल कम्युनिष्ट पार्टी(परिवर्तन गाउँपालिका केन्द्र)का सचीव हरिप्रसाद बुढामगरले गर्नुभएको थियो। साथै नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थाई कमिटी सदस्य वर्षमान पुनमगर(अन्नत)ले भर्चुअल माध्यम बाट लुम्बिनी प्रदेश स्तरीय जिल्ला सदस्यहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम अन्तरगत परिवर्तन गाउँपालिका भित्रका सदस्यहरुलाई पनि सहभागी गराइएको थियोे भने उक्त प्रशिक्षण कार्यक्रम सकेर नेपाल कम्युनिष्ट पार्टी(परिवर्तन गाउँपालिका केन्द्र)माओवादीको बैठक सुरुभएको थियो बैठकमा परिवर्तन गाउँपालिका भित्रका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा आवद्ध रहेका वडाका अध्यक्ष,क्रियाशिल सदस्य र कार्यकर्ताहरुको सहभागीता रहेकोे थियो ।

 

166 total views, 4 views today