सोलाबाङ बोझ्याङ बौलाखोला स्थित झोलुङे पुलको गाउँपालिका अध्यक्ष पुनद्वारा उद्घाटन 

मालश्री अन्लाइन, २२ भाद्र । रोल्पा माडी गाउँपालिका ५ भाबाङको बौलाखोला स्थित झोलुङे पुलको मंगलबार गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले उद्घाटन गर्नुभएको छ । अब स्थानीबासीलाई वर्षात मौसममा आवतजावतमा सहज हुने भएको छ । यस वडाको बाछे, दहबाङ, बाईबाङ, मजबाङ, काजबाङ लगायतको बस्तीलाई जोड्ने सोलाबाङ बोझ्याङ बौलाखोला झोलुङे पुल उद्घाट गरिएको वडा अध्यक्ष भरत बहादुर बुढामगरले बताउनुभयो ।

 

 

यस ठाउँमा पुल नबन्दा बौला खोलाले विद्यार्थी लगायत अन्य सेवाग्राहीहरुलाई वर्षात मौसमा पानीको बाहव बढ्दा आवतजावतमा समस्या भोग्नु परेको थियो । पुल निर्माण समिति, प्राविधिक, स्थानीयबासी साथ सहयोग दिने माडि गाउँ कार्यपालिका लगाएत डिकोष रोल्पालाई वडा अध्यक्ष बुढामगरले धन्यवाद व्यक्त गर्नुभएको छ । कयौँ वर्षपछिको हाम्रो चाहाना र आवश्यकता आज पुरा भएको स्थानीयबासीको भनाइ छ । पुल उद्घाटन कार्यक्रममा जनप्रतिनि लगायत सरोकारवाल निकाय सहित स्थानीयबासीको सहभागीता थियो ।

265 total views, 4 views today