रोल्पामा आज २ जना कोरना भाइरसमा नयाँ संक्रमित थपिए

मालश्री अन्लाइन, २६ भाद्र । रोल्पामा आज २ जना कोरना भाइरसमा नयाँ संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३० जना रहेको जिल्ला प्रशासान कार्यलय रोल्पाले जनाएको छ । अहिले सम्म २ हजार ४ सय ७५ जना सक्रमण मुक्त भएका छन् ।

संक्रमित मध्य २८ जना होम आइसोलेसनमा बसेका छन् भने २ जना रोल्पा अस्पतालको आइसोलेसनमा रहेका छन् । त्यस्तै जिल्ला भित्रको आइसोलेसनमा रहनेको सख्या सुन्य रहेको छ । हाल सम्म कोरनाका कारण ज्यान गुमाउनेको संख्या २२ रहेको जिल्ला प्रशासन रोल्पाले जानकारी दिएको छ ।

159 total views, 3 views today