नेकपा एमाले गंगादेव गाउँपालीका वडा नं. ६ को अगुवा कार्यकर्ता भेला सम्पन्न

मालश्री अन्लाइन, २७ भाद्र । नेकपाल कम्युनिष्ट पार्टी एमाले गंगादेव गाउँपालीका वडा नं. ६ को अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

नेकपा एमाले गंगादेव गाउँपालीका वडा नं. ६ का वडा कमिटि अध्यक्ष उब्जन रानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमाले गंगादेव गाउँकमिटिका अध्यक्ष रोशण कुमार वाली रहनु भएको थियो भने विशेष अतिथिमामा नेकपा एमाले जिल्ला कमिटि सदस्य तुल बहादुर घर्ति, खगेन्द्र वली रहनु भएको थियो ।

वडा नं. ६ को ताप्ला बजार परिक्रमा गरी पार्टी कार्यलयमा पुगी सम्पन्न भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेमा आस्तावान सम्पुर्णको सहभागीता रहेको जनाइएको छ । अगुवा कार्यकर्ता भेलामा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले गंगादेव गाउँकमिटिका अध्यक्ष रोशण कुमार वालीले नेकपा एमाले आफ्नो पार्टी लाई अझ बलियो बनाउनको लागी अगाडि बढेको र जनताको आशा र भरोसाको पार्टी भनेकै नेकपा एमाले भएको बताउनु भयो ।

साथै नेकपा एमाले वडा नं. ६ को पार्टी कार्यलयको उद्घाटन समेत गरिएको छ । जिबन खड्काको स्वागत मत्व्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा नं. ६ का वडा कमिटि सचिव नरेन्द्र वलीले गर्नुभएको हो ।

 

488 total views, 27 views today