दुर्गमको गाउँमा सोलार मिनिग्रीड प्रभावकारी बन्यो

मालश्री अन्लाइन, २७ भाद्र ।रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ विबाङमा सोलार मिनिग्रीड स्थापना भएपछी गाउँ झिलीमिली भएको छ । नेपालको सबै भन्दा ठुलो १५० किलोवाट क्षमता भएको सोलार मिनिग्रीड स्थापना भए संगै प्रभावकारी बन्दै गएको गाउँपालिकाले जनाएको छ । एक बर्ष पहिले थबाङ गाउँपालिकाको मंगारखोला माइक्रो हाइड्रोपावर बाट विद्युत सुचारु भएको थियो । उक्त विद्युत १३.५ किलोवाट रहेको र विद्युत अनियमित हुँदा जनताले सास्ती भोग्दै आएका थिए । तर अहिले गाउँमा सोलार मिनिग्रीड सुचारुभए पछी पहिलेको भन्दा धेरै सहज भएको स्थानीयले बताए ।

 

यसरी गाउँपालिकामा सोलार मिनिग्रीड निर्माण भएपछी साना तथा मझौला उद्योगहरु सञ्चालन गर्न, पहिले बेला बेलामा बत्ती जाने र आएको बेला मोबाइल चार्ज गर्दा पनि समस्या भोग्दै आएका थिए । अहिले सौर्य उर्जाबाट उत्पादन गरिएको विद्युतबाट उद्योगहरु चलाउन सकिने समेत बताइएको छ । थबाङमा फर्निचर उद्योग चलाउदै आउनु भएका कर्मधन रोकाले सोलार मिनिग्रीडबाट फर्निचर सम्बन्धि कार्य गर्न सहज भएको बताउनुभयो । स्थानीय माइक्रो हाइड्रोपावर हुँदा वर्षादको समयमा कहिले पहिरो गएर विद्युत अवरुद्ध हुने,कहिले रुख ढलेर अवरुद्ध हुने समस्याले जनताहरु आर्जित भएको भएको र अहिले कुलो पनि नभत्किने,विद्युत पनि अवरुद्ध नहुने,२४ सै घण्टा बत्ती आइरहने,जसले गर्दा दैनिक कार्यमा सहज भएको थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीको भनाइ रहेको छ।केन्द्रिय प्रसारण लाइन नपुगेका र पु¥याउन धेरै समय लाग्ने दुर्गम ठाउँमा घामबाट सुरुहुने सोलार मिनीग्रीड प्रभावकारी हुने थबाङ सोलार मिनिग्रीड निर्माण कार्यको जिम्मा लिएको सुर्योदय प्राली काठमाण्डौका सिनियर टेक्निसियन प्रज्वल श्रेष्ठले बताए ।

दुर्गमका जनताले विद्युत सेवा उपभोग गर्न नपाउदा समस्या भोग्दै आएको थुप्रै दृष्टान्त रहेका छन।केन्द्रिय लाइन विस्तार भएको ठाँउमा पनि विद्युत अनियमित हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको पाइन्छ । थबाङ सोलार मिनिग्रीड सञ्चालन समितिका अध्यक्ष वसन्त रोकाका अनुसार वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ८ करोड ३४ लाख १८ हजार तथा थबाङ गाउँपालिकाको ८१ लाख २ हजार गरि कुललागत ९ करोड १५ लाख २० हजार बराबर रकममा आयोजना सम्पन्न भएको हो।उक्त सोलार मिनिग्रीडबाट थबाङ गाउँपालिकाको करिब ३ सय ९२ घरधुरी संख्या लाभान्वित भएका छन् ।

91 total views, 4 views today