रोल्पा समाज जापान द्धारा कुरेली स्वास्थ्य चौकिमा स्वास्थ्य समाग्री सहयोग

मालश्री अन्लाइन, २८ भाद्र । रोल्पा समाज जापानले परिवर्तन गाउँपालिका वडा नम्बर १ कुरेलीको खरिबोटमा रहेको कुरेली स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोभिड १९ को रोगथाम र दम, निमोनिया, खोकी र फोक्सोको लागि प्रयोग हुने नेबुलाइजर १ सेट, विद्युतीय सक्सर १ सेट, महामारी लगाएत किशोर किशोरी शिक्षा मैत्रीपूर्ण बनाउनको लागि किशोर किशोरीलाई ३२ इन्चको एलएइडी टिभी १ सेट र डेलिभरीको समयमा आवश्यक पर्ने सामाग्री उपलब्ध गराएको स्वास्थ्य चौकीले बताएको छ ।

कुरेली स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर पुन को अध्यक्षतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष बम बहादुर पुन मगर, कुरेली बजार व्यवस्थापन समिति अध्यक्ष तथा नेकपा माओवादी परिवर्तन गाउँपालिका १ का प्रतिनिधि पुर्वे बुढामगर, नेपाली कांग्रेस पार्टी परिवर्तन गाउँपालिका १ का सभापति धन प्रसाद रोकामगर, परिवर्तन गाउँपालिका फिल्ड वाट मदन कुमार डाँगी, स्वयंसेविका मनकला वली, आमा समुहकि जुनसरी बुढामगर र विद्यालयबाट उपबाङका निमित्त प्रधानाध्यापक भिम बहादुर भण्डारी लगाएतको उपस्थिति रहेको थियो । साथै स्वास्थ्य चौकीको २०७७ सालको सार्वजनिक सुनुवाइ, समिति गठन र गुणस्तर सुधार समितिको पुर्नगठन लगाएतको कार्यक्रम गरेको हो । भएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकीका ल्याव असिस्टेन्ट प्रबिन कुमार बुढा मगरले गर्नु भएको थियो ।

यसरी स्वास्थ्य सामाग्री उपलब्ध भए पछी स्वास्थ्य चौकीमा काम गर्न सहज हुने परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष बम बहादुर पुनमगरको भनाइ रहेको थियो । स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री उपलब्ध गराइदिएर काम गर्न केही सजिलो बनाइएकोमा रोल्पा समाज जापान परिवार र समाजका अध्यक्ष प्रेम प्रकाश रोका मगर लगाएत सम्पूर्ण परिवारलाई कुरेली स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष बम बहादुर पुन र कार्यरत कर्मचारीहरुले धन्यवाद व्यक्त गर्नु भएको हो ।

 

336 total views, 3 views today