जिल्ला समन्वय समिति रोल्पाको चौथौं जिल्ला सभा सम्पन्न

मालश्री अन्लाइन, २८ भाद्र । जिल्ला समन्वय समिति रोल्पाको चोथौं जिल्ला सभा आज लिबाङमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सांसद दीपेन्द्र कुमार पुनले जिल्ला सभाको उद्घाट गर्नुभएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यन्वयनको जिम्मेवारी पाएको भन्दै यस जिम्मेवारीलाई सक्रिय रुपमा निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले रोल्पा जिल्लाको खाद्यन्न, प्राकृतिक स्रोत साधन, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, आर्थिक अवस्था, लगायतका विषयवस्तुमा व्यापक समीक्षा गर्नुपर्ने आवश्यक औल्याउनुभयो । जिल्लाका दश वटा स्थानीय तहहरुले फरक÷फरक नीति तथा कार्यक्रम सम्पन्न भएको छन् भने ति कार्यक्रमको समीक्षा गरेर अगाडि बढ्नु पर्ने उहाँले जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा पूर्व सांसद लेखनाथ आचार्य, रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, नौँ वटै गाउँपालिकाको तर्फबाट लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का, नौँ वटा गाउँपालिकाका उपाध्यहरुको तर्फबाट परिवर्तन गाउँपालिका गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरले कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी लगायत सरोकारवाला निकायहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी तिर्थ राज खनालले गर्नुभएको थियो भने स्वागत उपप्रमुख विमला बुढा बाठाले गर्नुभएको थियो ।

 

204 total views, 2 views today