स्वास्थ्य विमा सम्बन्धि साझा सभा लिबाङमा सम्पन्न

मालश्री अन्लाइन, २८ भाद्र । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सोमबार स्वास्थ्य विमा विषयक साझा सभा कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । कार्यक्रमा रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, रोल्पा अस्पताल रेउघाका डाक्टर प्रकाश बुढामगर, नागरिक समाजका अध्यक्ष घनश्याम आचार्य लगायतका अतिथिहरुले स्वास्थ्य विमालाई प्रभावकारी बनाउनका लागि प्रतिवद्वता मनतव्य राख्नुभएको थियो ।

जिल्लामा शुरुवातमा स्वास्थ्य विमाको संख्या बढ्दो क्रममा भएपनि पछिल्लो समयमा नविकरण न्यून संंख्याले मात्र गर्दै आएको सहभागिहरुको गुनासो थियो । आगामी दिनमा विमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सुलिचौर र होलेरी फार्मेसी व्यवस्थित रुपमा सञ्चालन नुहँदा विमा गर्ने र नविकरणको संख्या घटेको हो । आगामी दिनमा होलेरी र सुलिचौरमा फर्मेसीलाई प्रभावकारी रुपमा सञ्चालन सँगसँगै स्वास्थ्य विमा सम्बन्धि जनचेतनामुलक गतिविधिहरू सञ्चालन गर्नुपर्ने सहभागीको भनाइ छ । सुनिता बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार माधव वलीले गर्नुभएको थियो । कार्यक्रमको विषयवस्तु स्वास्थ्य विमा र पारस्परिक जवाफदेहिता परियोजनाको विषयका बारेमा हरप्लेस सल्यानका रामचन्द्र रेग्मीले सहजीकरण गर्नुभएको थियो ।

94 total views, 6 views today