यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन सम्वन्धी जिल्ला परियोजनाको सल्लाहकार समितिको वैठक सम्पन्न

मालश्री अन्लाइन, २९ भाद्र ।यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन सम्वन्धी जिल्ला परियोजनाको सल्लाहकार समितिको वैठक सम्पन्न भएको छ । आइपास नेपालको आर्थिक सहयोग, पास नेपालको सहजिकरण र जिल्ला समुन्वय समिति रोल्पाको आयोजनामा मगंलबार लिबाङमा सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर वुढाको अध्यक्षता सम्पन्न भएको बैठकको प्रमुख अतिथिमा रोल्पा नगरपालिकाका मेयर पुर्ण केसी रहनु भएको थियो । कार्यक्रममा गैससका अध्यक्ष घनश्याम आचार्य, युएनएफपिएका कार्यक्रम संयोजक केदार राना, पास नेपाल रोल्पाका कार्यक्रम संयोजक सोयव मोहामद, स्वास्थ्थ कार्यलय रोल्पाका नि प्रमुख नोखराज पोख्रेल, जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी निरिक्षक सन्तोष केसी, मानव अधिकार महिला संञ्जालकी अध्यक्ष तिर्था आचार्य, सेफ हाउस रोल्पाकी अध्यक्ष तुलसा आचार्य, नेपाल प्रत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन, हरप्लेस रोल्पाका सदस्य खेम वुढा, लगायतको उस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्थ कार्यलय रोल्पाका नि प्रमुख नोखराज पोख्रेलले सवै पालिकाहरुमा नर्सिङ सटाफ राख्नु पर्ने बताउनु भयो । गर्भपतन गराउनु भन्दा पहिले नै अपनाउनु पर्ने साधनको बारेमा सचेत गराउनु पर्नेमा पोख्रेलले जोड दिनु भयो । यसलाई सकारात्मक कुरामा ल्याउन सके अभियानलाई सहयोग पुग्ने पोख्रेलको भनाइ रहेको थियो ।

त्यस्तै नगर प्रमुख पुर्ण केसीले स्थानिय तहबाट यसलाई सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने बताउनु भयो । केसीले भन्नु भयो कुनै कुरा लागी रहयो भने मात्रै त्यसले सार्थकता पाउने छ ।

कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख राज बहादुर वुढाले यौन प्रेमको बारेमा सचेत गराउनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो यौन र प्रेमले युवा देखि वुढा सम्मकालाई विगारेको छ । बुढाले यस्ता कार्यक्रमहरु रोल्पाका ग्रामिण भेगतिर लैजानु पर्ने बताउनु भयो । गर्भपतन गराउनु भन्दा सृजना हुन नदिनुमा सवैले व्यापक सचेतना गराउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमको संञ्चालन रोल्पा नगरपालिकाका स्वास्थ्थ संयोजक टंक गिरीले गर्नु भएको थियो ।

109 total views, 9 views today