असोज ४ गतेबाट दिउसो २ बजेदेखि ६ बजे सम्म रोल्पा नगर पुस्तकालय खुल्ने

मालश्री अन्लाइन, २९ भाद्र । रोल्पा नगर पुस्तकको छलफल कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख पुर्ण केसीको उपस्थीतिमा नगर पुस्तकको बारेमा छलफल गरिएको हो । सोमबार नगरपालिकाले आखीझ्याल नगर पुस्तकको प्रकाशन गरेको हो । त्यस पुस्तक भित्र नगरभित्रका विभिन्न भेषभुषा संस्कृती, नगरपालीका भित्रका पर्यटन क्षेत्र, नगरपालिकाले गरेका गतिविधि सहितको तस्विर देख्न सकिन्छ ।

त्यसै पुस्तकको बारेमा नगर पुस्ताकालयमा जिल्लाका विभिन्न पत्रकार र साहित्यकारहरु संग छलफल गरिएको थियो । सहभागीहरुले पुस्तक अत्यन्तै राम्रो भएको बताएका थिए । साथै नगरभित्रै ओझेलमा परेका केही क्षेत्रहरु छुट्न गएको समेत जानकारी गराउदै आगामी दिनमा त्यसलाई समाबेस गर्नु पर्ने सुझाव दिएका थिए । असोज ४ गतेबाट दिउसो २ बजेदेखि ६ बजे सम्म रोल्पा नगर पुस्तकालय खुल्ने नगर प्रमुख पुर्ण केसीले बताउनु भयो । कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत साहित्यकार पत्रकारहरुको उपस्तीथी रहेको थियो ।

 

147 total views, 2 views today